सन्तकुमार चौधरीलाई पक्राउ गरिएको प्रति कडा आपत्ति

लखन चौधरी/कैलाली।

भदौ ७ गते घटेको टीकापुर घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका सन्तकुमार चौधरीलाई जेल चलान गरिएको प्रति घोरभन्सर्ना गरिएको छ। थारु युवा स्वयंसेवकका अध्यक्ष महावीर चौधरीद्वारा प्रेषित एक विज्ञप्तीअनुसार थापापुर वडा नं. ७, नवलपुरका स्थानीय तथा थारु युवा स्वयम सेवक कैलाली सदस्य चौधरीलाई जेलचलान गरिएको प्रति घोर भत्सर्ना गरिएको हो।

विज्ञप्तीमार्फत प्रहरीको कार्यशैली विभेदकारी रहेको पनि टिप्पणी गरिएको छ। विज्ञप्तीमा भनिएको छ– ‘टीकापुर जस्तो गम्भीर घटनाका बारेमा कानुनी कारबाही गर्दा ७ गतेको घटनालाई मात्र निगरानी गर्ने तर ८ गतेको घटनाका अभियुक्तहरु खुलायाम छाती खोलेर घुम्दा पनि कानूनी कारबाहरुमा नल्याउनुले प्रहरी प्रशासन निस्पक्ष नभएको समग्र जनसमुदाय सामु प्रष्ट छ।’

त्यस्तै एक पक्षीय रुपमा थरुहट/थारुवान आन्दोलनकारीहरु माथि बर्बर दमन गर्ने प्रहरी प्रशासनको कुटिलचालले दीर्घकालीन शान्तिलाई खलल पुर्‍याएको थारु यूवाको ठहर छ।

सन्त कुमारलगायत टीकापुर घटनामामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई रिहाईको माग पनि विज्ञप्तीमार्फत गरिएको छ ।

Leave a Reply

Your email address will not be published.