‘पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने ओलीलाई जनताले गुन्द्रुक बनाउने छन्’

पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताएका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।पहिचान गुन्द्रुक भन्दा पनि काम नलाग्ने विषय भएको कटाक्ष गर्दै आएका प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता राईले प्रतिप्रश्न गर्दै भने, ‘पहिचान र गुन्द्रकको भेद छुट्याउन नसक्ने प्रधानमन्त्रीले देशको समस्या कसरी पहिचान गर्न सक्छन्? र कसरी समाधानको बाटो अबलम्बन गर्छन् भनेर अपेक्षा गर्ने?’

पहिचान र अधिकारका लागि मधेसी, आदिवासी जनजाति, मुस्लिम, खस, शिल्पी (दलित), महिला, उत्पीडित क्षेत्रका जनता सयौं वर्ष लड्न मानसिक रुपले तयार भएको राईले बताए, ‘आन्दोलनकारीको माग पूरा नहुन्जेल आन्दोलन जारी रहने र आजको उपस्थितिको ११ औं गुणाको संख्यामा भोलि जेठ ३ गतेको सिंहदरबार घेर्न जनता सहभागी हुनेछन् ।’

 

Leave a Reply

Your email address will not be published.