मावन अधिकार रक्षक सञ्जालको प्रतिवेदनले भन्छ- टीकापुरका थारु महिलामाथि ब्यापक दुर्व्यवहार

Kailali_womenटिकापुर घटनापछि थारु महिलाहरुमाथि प्रहरीद्वारा दुर्व्यवहार तथा अत्याधिक हिंसा भएको प्रतिवेदन सार्वजनिक भएको छ । तराई मावन अधिकार रक्षक सञ्जालले बुधबार सार्वजनिक गरेको टिकापुर घटनासम्बन्धी प्रतिवेदनमा थारु महिलाहरुमाथि प्रहरीले बल प्रयोग गर्नुका साथै मध्यरातमा पनि दुःख दिने गरेको उल्लेख गरिएको छ । टिकापुर घटनापछि राज्य पक्षबाट महिलाहरुमाथि दुव्र्यवहार हुनुका साथै महिला हिंसासमेत भएको र अहिलेसम्म पनि अवस्था भयवाह रहेको जनाइएको छ ।

सयौं थारुहरु पलायन

उक्त प्रतिवेदनका अनुसार टिकपुर घटनापछि सयौं थारुहरु पलायन भएका छन् । राज्य पक्षको त्रासले उनीहरु पलायन भएको जनाइएको छ । स्थानीय नेता, युवा तथा अधिकारकर्मीहरु पनि पलायनको अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै प्रतिवेदनमा टिकापुर घटनापछि थारुहरुको घरमा तोडफोड गर्ने र आगजनी गर्नेहरुमाथि कारवाही हुन नसकेको जनाइएको छ । त्यस्तै, थारु बस्तीको सुरक्षा गर्नेहरुमाथि पनि विभिन्न अरोप लगाउँदै आइएको छ । तिनीहरु पनि आफुलाई असुरक्षित महसुस गरेका छन् ।

थारुको समस्या हल गर्न अपील

तराई मावन अधिकार रक्षक सञ्जालले थारुहरु अहिले पनि डर–क्रासमा बाँचिरहेकाले उनीहरुको व्यवस्थापन गर्न अपील गरेको छ । उसले फोरम लोकतान्त्रिकका सरकारमा जाँदा सहमति गरेका बुँदाहरु कार्यन्वयन नभएकोप्रति ध्यानाकृष्टसमेत गराएको छ । थर्ड एलायन्सले थारुलाई शान्तिपूर्ण जीवनयापन गर्न दिनका लागि राज्यलाई दबाब दिन आवश्यक रहेको औँल्याएको छ । (हुलाकीन्युजबाट)

Leave a Reply

Your email address will not be published.