पार्टीबाट राजीनामा दिएका सुरेन्द्र चौधरी संसदीय चुनावमा भोट हाले, देउवा विजयी

Surendra Chaudhary

१३ औं महाधिवेशन अगाडि पार्टी परित्यागको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको चुनावमा मतदान गरेका छन्। बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताका लागि भएको मतदानमा चौधरीले मतदान गरेका थिए।

यसअघि कांग्रेसमा अलोकतान्त्रिक प्रवृति हावी भएको भन्दै चौधरीले फागुन १४ गते पार्टी र सांसद पद दुबै त्यागेको बताएका थिए। चौधरी पर्सा–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

त्यस्तै सभापति शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित भएका छन्। १३९ मत प्राप्त गर्दै देउवा दलको नेता भएका हुन्। उनका प्रतिष्पर्धी रामचन्द्र पौडेलले ६७ मत ल्याए। विहान ११ बजेदेखी कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेता छान्न मतदान भएको थियो।

Leave a Reply

Your email address will not be published.