राजकुमार ह्यारीलाई मंगल थारुको टोपी, स्टकोट र रुमाल उपहार

Prince Harry In Bardiya 04

बेलायतका राजकुमार हेनरि चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ बर्दिया राष्ट्रिय निकुन्जको भ्रमणमा सोमबार बिहान ९:१९ मिनेटमा ठाकुरद्धारा पुगे। एन ५७ हेलिकोप्टरमा निकुन्जको गैंडा मचानको हेलिप्याडमा ह्यारी ओर्लिए। र, उनी सिधै कर्णालLको गेरुवा भंगलाको शाखा खौराहा खोलामा र्‍याफटिङमा रमाए।

Prince Harry in Bardiya 08त्यसपछि निकुन्जको बाघ मचान उत्रिएर उनी बघौरा फाटमा पैदल पुगे। उनले बाघ ट्रयापिङ गर्न राखिएको क्यामराबारे जानकारी लिए। उनलाई त्यतिले चित्त बुझेन। उनले बाघ हिँडेजस्तै गरी क्यामरामा फोटो कैद गराए। त्यसपछि उनी पश्चिम नेपालको चर्चित होमस्टे डल्ला पुगे।

Prince Harry in Bardiya 05

थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले ह्यारीको स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले उपहारस्वरुप प्रदान गरेको मा उनी सजिए। त्यसपछि निकुन्जको मुख्यालय फर्केका उनी रणोशार दल गण पसेर बाघ संरक्षण, मोनिटरिङको बारेमा जानकारी लिए। १ बजे हेलिकोप्टरबाट लमजुङका लागि उनी प्रस्थान गरेका छन्।

Prince Harry in Bardiya 06

Prince Harry in Bardiya 07

तस्बिरहरु किङ्स्टन प्यालेसको ट्विटरबाट लिइएको हो।

Leave a Reply

Your email address will not be published.