कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक

कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक भएको छ। सोमबार ‘झुम्की’ फिल्मको आधिकारिक फेसबुकबाट पोस्टर सार्वजनिक गरिएको हो। निर्देशक अपिल बिष्टले ‘झुम्की’ फिल्मलाई निर्देशन गरेका हुन्।

उनले यसअघि दासढुंगा र ऋतुमा निर्माण गरिसकेका छन् बनेका छन्। ‘झुम्की’ फिल्ममा रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको छ। लभस्टोरी फिल्म ‘झुम्की’ दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने एक प्रहरीले भोगेका उतारचढावपूर्ण घटनाको वरिपरि घुमेको कथा हो।

फिल्म आगामी भदौ ९ मा रिलिज हुँदैछ। अपिल फिल्म्स्‌को ब्यानरमा निर्माण भएको ‘झुम्की’ फिल्म सुटिङ तीन चरणमा सिध्याइएको थियो। संगीतकार कालीप्रसाद बाँस्कोटाले फिल्ममा संगीत दिएका छन्। सिनेमेट्रोग्राफर शैलेन्द्र डी कार्कीले दाङ लमही, नारायणघाट, बुटवल र राजधानी वरपरका दृश्यहरू फिल्ममा उतारेका छन्।

फिल्ममा अभिनेता दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोलाराज सापकोटा, प्रमोद अग्रहरी, लुनिभा तुलाधर, बसन्त भट्ट, बालमिकी पोखरेल लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

Jhumki

Leave a Reply

Your email address will not be published.