हिंसा घटाउन विचार र व्यवहार परिवर्तन गर्नुपर्छ : उपसभामुख थारु

प्रदेश–५ प्रदेशसभा उपसभामुख कृष्णी थारूले हिंसा न्यूूनीकरणका लागि विचार र व्यवहार परिवर्तन गर्नुपर्ने बताएकी छन् । ‘कार्यान्वयनमा केही ढिलासुस्ती भएको हो तर ढिलै भए पनि अपराधी पक्राउ पर्नेछन्’ उनको विश्वास छ ।

प्रदेश सरकारको संरचना जिरोबाट सुरु भएको भन्दै उनले हिंसा न्यूूनीकरणका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिन् । थारूले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताइन् । ‘हिजो पनि हिंसा भएको थियो, आज हिंसा बाहिर आउन थाले, कुनै न कुनै हिसाबले महिला हिंसामा नै परे, अब रोक्नुपर्छ, विचार र व्यवहार परिवर्तन गरौँ,’ उनले भनिन् ।

अपराधीलाई कारबाही, आर्थिक सशक्तीकरण र दीगो जीविकोपार्जनको बाटोमा महिलाहरूलाइ अगाडि बढाउनुपर्ने थारूको भनाइ छ । महिला हिंसा न्यूनीकरण तथा अवस्थाका सन्दर्भमा रिपोर्टर्स क्लब प्रदेश–५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थारूले हिंसा न्यूनीकरणका लागि सबैको चासो हुनुपर्ने उनको धारणा छ ।

प्रदेश सभा–५ ले अहिलेसम्म दुई वटा अधिवेशनमा १५ विधेयक प्रमाणीकरण गरेको उनले जानकारी दिइन् । विभिन्न विषयगत समितिहरू बनेको बताउँदै उनले कानुन बने पनि कार्यान्वयनको पाटो अझै पनि फितलो रहेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published.