मनोज थारु।
साहित्यका विविध विधामा कलाम चलाउने बाहुमुखी प्रतिभाशली जनकवि बमबहादुर थारूको नाम नसुनेका सायद कामै होलन्। चार दाशक लामो साहित्य क्षेत्रमा योगदान दिनुभएका बमबहादुर थारूको जन्म रूपन्देही जिल्लाको गजेडी-२, बकुलगाढ भन्ने स्थानमा भएको थियो। जुन बुटवलबाट १५ किलोमिटर पश्चिममा पर्छ। आमा डुठिया थारूको कोखबाट उहाँ वि.सं २०१२ साउन २३ गते यो धर्तीमा पाइला टेक्नुभएको थियो।
बाल्यकालदेखि नै साहित्यमा अभिरूचि राख्ने थारू गीत संगीत, कविता भनेपछि हुरूक्कै हुन्थे। थारूका आमाबुबाले विविध कथा, कविता एवं उपन्यसका किताबहरू पढनुहुन्थ्यो र पढ्नका लागि प्रेरित गर्नुहुन्थ्यो। जस्ले गर्दा उहाँको रूचि साहित्य तर्फ नै ढल्कन पुग्यो। तत्कालीन समयमा हिन्दी र भोजपुरी भाषामा मात्र गीतको किताब पाइन्थो जस्को अध्ययन गर्दे पढदै जाँदा आफूले पनि लेख्न सक्ने हौसाला आएको उहाँको भनाई छ। विषेशगरी दाजु दशरथ थारूले राधेश्याम कथाबचाकद्धारा लिखित वीर अभिमन्यु नामक कृति किनेर ल्याइदिएपछि त्यही अध्ययनपश्चात अत्यन्त प्रभावित भएको र साहित्य सिर्जनामा लगाब बढेको कुरा बमबहादुर थारूले बताउनुहुन्छ।
प्रकृतिप्रेमी बमबहादुर थारूको जीवन वन जंगलमा गई भेडाबाख्रा चारउँदै त कतै साथीभाइसँग हास्दै खेल्दै बित्यो। प्रकृतिले भरिपूर्ण बकुलगाढ गाँउमा बितएका क्षणहरूले उहाँलाई प्रकृतिक सुन्दरताको ज्ञान बढ्यो। र, यही जीवनमा भोगेका यथार्थ विषयाबस्तुलाई कलमको मध्यमले उतार्न सफल भए। परिश्रमी अनुशासित थारू दु:खी पीडितलाई सधैं दया र सेवाको भावना राख्थे। सायद त्यसैले होला उहाँको यही लगाबले गर्दा समाजमा असल व्यक्तिको रूपमा स्थापित हुन सफल हुनुभयो।
नेपाली र थारू दुबै भाषा र साहित्यमा दख्खल राख्ने बमबहादुर थारू वि.सं २०२५ सालदेखि साहित्य यात्रामा प्रवेश गर्नुभएको थियो। नेपाली तथा थारू भाषामा दशवटा कृतिहरू प्रकाशित भइसकेका थारूको आँशुका थोपाहरू (वनकाव्य) र रूपन्देहीको थारू समाज र सँस्कृति २०६७, नेपाली भाषाका कृतिहरू हुन् भने चौताल करेजाफर (गीत सङ्ग्रह), चौताल रसभरी (गीत सङ्ग्रह), चौताल टाइगर(गीत सङ्ग्रह), चौताल हथगोला (गीत सङग्रह), ई-जिन्गी (खण्डकाव्य), समाज सोहानी झुमडा नाच (गीत सङ्ग्रह), किताबिया निषानी, हुलुकवान(दोहा सङ्ग्रह) थारू भाषामा लेखिएको महत्वपूर्ण कृतिहरू हुन्।
त्यस्तै उहाँको अप्रकाशित कृतिहरू थारू नेपाली शब्दकोष, तुक्क परे तुक्का बातपरे कहकुत (थारू उखान), बझबझौलिया थारू (गाँउ खाने कथा), अन्तोत्तरी (हाजिरी जवाबी थारू पध सङ्ग्रह) आदि। त्यस्तै उहाँका गीती एल्बमहरू गोरी टिकोरी, हम्हनके निशानी, प्यारके मौसम, जवानिया तहल्का मचादेहल, चढ्ती जवानी तथा हमार वेटवा नामक थारू फिल्लमा उहाँका गीतहरू समावेश गरिएको छ।
यसैबीच वि.सं २०५४ सालमा सप्तरी जिल्लमा अयोजित थारू भाषासाहित्य परिषद् नेपालले सञ्चालन गरेको एक कार्यक्रममा थारू भाषामा लीखित खण्डकव्या ई-जिन्गीको वाचनपछि सर्वोत्कृष्ट भइ उनलाई नेपालको थारू जानकवि उपाधिले विभुषत गरिएको थियो।
उहाँका गीत, कविता तथा अन्य कृतिहरूमा सामाजिक विषयवस्तु प्रबल रूपले आएको हुन्छ। सामाजिक विकृति विसंगाति, असमानता, अशिक्षाजस्तो कुराहरू समावेश गरिएको हुन्छ। साथै जनचेतना, महिला जगरण, प्रकृति वर्णन, राजनीति, आर्थिकजास्त विषय वस्तुहरू पनि उहाँको लेखमा समावेश गरिएको हुन्छ। साथै थारू भाषा, कला, साँस्कृतिक, रहनसहन, रितिरिवाज, जनजिवान आदि विषयमा उल्लेखेनिया मात्रमा वर्णन गरिएको पइन्छ।
परिश्रमी, अनुशासित, हाँसमुख जनकवि बहादुर थारू शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। चित्रकलाका पराखीसमेत राख्ने थारू गीत संगीतमा पनि निपूर्ण हुनुहुन्छ। उहाँ विभिन्न संघसंस्थमा अबद्ध हुनुहुन्छ। जस्तै थारू लोकतान्त्रिक संघका सल्लाहकार, थारू भाषा कला तथा सँस्कृति उत्थान मञ्च रूपन्देहीका अध्यक्ष, थारू बगिया युवा केन्द्रका सल्लाकार आदि।
उहाँले साहित्य क्षेत्रमा पुर्याएको योगदनलाई कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरेका छन्। नेपाल सरकार सँस्कृति तथा नागारिक उड्ययन मन्त्रालयद्धारा वितारित २०६९ को क्षेत्रीय प्रतिभा पुरस्कार, थारू भाषा साहित्य परिषद् नेपाल सप्तरीद्धारा थारू जनकविको उपाधि, लिलाधर मिश्रा स्मृति पुरस्कार, नेपाल भोजपुर प्रतिष्ठान नेपाल काठमाडौं २०६२, लुम्बिनी वाङ्गमे प्रतिष्ठान रूपन्देहीद्धारा सम्मानित, नेपाल आदिवासी जनजाति महासँग रूपन्देही, थारु काल्याणकरिणी सभा केन्द्रीय कार्यसमिति आदि।