डुमरवाना पोत्ता भलिबल प्रतियोगितामा आयोजक, महोत्तरी र धनुषा विजयी

डुमरवाना विकास मञ्चको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ। डुमरवाना पोत्ता खुला भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरु सहभागी छन्।

बिहीबार भएको खेलमा महोत्तरी, धनुषा र आयोजक डुमरवाना विजयी भएका थिए। महोत्तरीले सुगौली पर्सालाई २५-२०, २५-१७ र धनुषाले रजघट्टालाई २५-११, २५-७ र आयोजक डुमरवानाले सर्लाहीलाई २५-२३, २५-२१ को सेटमा हराएको थियो।

जितपुर सिमरा उपमहानगरपालिकाको १३ नम्बर वडाको मुख्य सहयोगमा प्रतियोगिता भइरहेको डुमरवाना विकास मञ्चका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए। उनका अनुसार विजेता टिमले नगद ३० हजार र ट्रफी प्रमाणपत्र पाउनेछ भने सहविजेताले नगद २० हजार र ट्रफी प्रमाणपत्र पाउनेछ।

खेलकुद क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.