इशानी बनिन् मिस नेपाल २०१३ (फोटो फिचर)

काठमाडौं- इशानी श्रेष्ठ यस वर्षको मिस नेपाल घोषित भएकी छन्। प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो,’ उनले भनिन्, ‘खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ।’ थापाथलीस्थित सानीआमाको घरमा बस्दै आएकी २१ वर्षीया इशानीले १७ प्रतियोगिलाई जितेकी हुन्। उनले उपाधिसँगै ५० हजार, डब्लुडब्लुएफको सद्‍भावना दूत, सामसुन मोबाइल र थाइ ऐयरको टिकट जितेकी छन्। उनले असोज १२ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्वसमेत गर्नेछिन्।
निर्णायक तीर्थमान शाक्यले सोधेको एकल वा संयुक्त परिवारमा कुनचाहिँ मनपराउनु हुन्छ? किन?’ भन्ने प्रश्नमा ‘संयुक्त परिवारले मलाई समाजप्रति जिम्मेवारी, आफन्तप्रति माया र संस्कार सिकाउँछ। म संयुक्त परिवारको प्रतिनिधित्व गर्छु र त्यसमा मलाई गर्व छ,’ उनले उत्तर दिएकी थिइन्।

त्यस्तै फस्ट रनरअप रोजिशा शाही ठकुरी र सेकेन्ड रनरअप श्रीतिमा शाह भइन्।
भिडियो हेर्नुस्

Miss Nepal 2013 from Tharuwan on Vimeo.

Miss Nepal 2013-1 Miss Nepal 2013-2 Miss Nepal 2013-3 Miss Nepal 2013-4 Miss Nepal 2013-5 Miss Nepal 2013-6 Miss Nepal 2013-7 Miss Nepal 2013-8 Miss Nepal 2013-9 Miss Nepal 2013-10 Miss Nepal 2013-11 Miss Nepal 2013-12 Miss Nepal 2013-13 Miss Nepal 2013-14 Miss Nepal 2013-15 Miss Nepal 2013-16 Miss Nepal 2013-17 Miss Nepal 2013-18 Miss Nepal 2013-19 Miss Nepal 2013-20 Miss Nepal 2013-21 Miss Nepal 2013-22Miss Nepal 2013-23

Leave a Reply

Your email address will not be published.