जब ‘सेक्स डल’को उद्धारमा ठूलै टोली लागे…

सेक्स डलको उद्धारमा एउटा ठूलो ‘सर्च एन्ड रेस्क्यू टोली’ परिचालन भएको रोचक समाचार प्रकाशित भएको छ। हफिङ्टन पोस्टका अनुसार गत साता बेलायतको कोर्नवाल क्षेत्रमा एउटा सेक्स डलको उद्धारमा यति ठूलो टोली परिचालित भएको हो।

Sex Dollसमुद्रमा एउटा शव तैरिरहेको एकजना माझीले देखेपछि उनले आपत्कालीन अधिकारीलाई टेलिफोन गरी खबर गरेका थिए। एउटी महिला घोप्टो परेर पानीमा डुबेकी छिन् र उनको शरीर अहिले समुद्रमा तैरिरहेको छ भनी ती माझीले खबर गरेपछि हेलिकोप्टरसहित एउटा ठूलै ‘सर्च एन्ड रेस्क्यू’ टोली घटनास्थलमा पुगेर उद्धारकार्य सुरु गरेको थियो। तर, अन्त्यमा त्यसरी तैरिरहेको शव कुनै युवतीको नभई समुद्रमा फ्याँकिएको एउटा सेक्स डल रहेको पत्ता लागेको थियो। टोलीले समुद्रबाट सेक्स डललाई बाहिर निकालेको थियो।

Leave a Reply

Your email address will not be published.