प्रधानमन्त्री ओलीको पुत्ला दहन

फाइल तस्बिर
फाइल तस्बिर

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार साँझ विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । स्थानीय रोडशेष चोकमा मोर्चाका कार्यकताले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दे उनको पुत्ला जलाएका हुन् । बाक्लो संख्यामा उपस्थित प्रहरीलाई छल्दै मोर्चाका कार्यकर्ताहरूले ओलीको पुत्ला जलाएका थिए । मोर्चाका कार्यकर्ताले पुत्ला जलाइसकेपछि आएका प्रहरीले निभाएका थिए ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मो. कादिर लगायतकाले मोर्चाको आन्दोलन जारी रहेको बताउदै माग पुरा नहुन्ज्ेल आन्दोलन जारी रहने बताए ।

Leave a Reply

Your email address will not be published.