कृष्णकुमार चौधरीको संयोजकत्वमा नयाँ शक्ति कैलालीमा ८२ सदस्यीय जिल्ला परिषद

Naya_shakti Kailali 02

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम कैलाली जिल्ला परिषद एक कार्यक्रमको बीच आज (मंगलबार) धनगढीमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका सूचना तथा सञ्चार विभाग प्रमुख मुमाराम खनालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सभासद तथा थरुहट नेता कृष्णकुमार चौधरीको संयोजकत्वमा ८२ सदस्यीय जिल्ला परिषद र भवानी गिरीको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार परिषद घोषणा गरिएको हो ।

सम्पन्न उक्त अन्तरिम जिल्ला परिषदमा एमाओवादीका पूर्व सभासद, उद्योगपति, पूर्व लडाकु, नेकपा एमाले, नेपाली काँग्रेसलगायत विभिन्न राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्तादेखि सहिद परिवारका सदस्य समेत रहेका छन् ।

पार्टीका सचिवालय सदस्य केशव दाहाल, केन्द्रीय परिषद सदस्य जनक शाह, प्रदेश नं. ७ की इन्चार्ज तथा पूर्व सभासद लिला भण्डारी, केन्द्रीय सदस्य तथा पूर्वसभासद हरि श्रीपाइली, सुक्दैया चौधरीलगायतको सहभागिता रहेको घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई नयाँ ढंगबाट सञ्चालनको अभ्यास गरिएको थियो । जिल्ला संयोजकसमेत रहेका कृष्ण कुमार चौधरीले आफै अध्यक्षताको आसन ग्रहण गरी कार्यक्रम सञ्चालन गरेका थिए ।

Naya_shakti Kailali 01को–को छन् जिल्ला परिषदमा ?

जिल्ला परिषदमा उद्योगपति तथा नेकपा एमाले परित्याग गरेका राजेन्द्र देवकोटा, खडक सावद, भवानी गिरी रहेका छन् । सदस्यमा एमाओवादी कैलाली वाइसिएल इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य नयबहादुर चौधरी रहेका छन् ।

त्यस्तै, जिल्ला परिषद सदस्यमा भक्तबहादुर बिक (मसुरिया), नृप खडका (लम्की), नृप बोहरा (लालपुर), ध्रव खत्री (टीकापुर), भरत निशानी (फूलवारी), अनिल चौधरी (गदरिया), सुरेन्द्र खडायत (मसुरिया), खडकराज भुषाल (मसुरिया), मीनराज बडु (निगाली), हरि तिमिल्सेना (टीकापुर), सिर्जना शाही (टीकापुर), बजारी चौधरी (सहिद परिवार), विवेक चौधरी (लम्की), लौटन चौधरी (लम्की), कृष्ण बोहरा (लम्की) रहेका छन् ।

त्यस्तै, कैलाश जोशी (धनगढी, काँग्रेस परित्याग गरी), दिपक खडका (धनगढी, काँग्रेस परित्याग गरी), वीरबहादुर गौतम (धनगढी), बसन्त बागचन (धनगढी), चक्र थापामगर (अत्तरिया), गंगा योञ्जन, दशरथ चौधरी, प्रेम विसी, धनबहादुर बिक, गणेश ताम्राकारलगायत रहेका छन् ।

यसैबीच, एनेकपा माओवादी निगाली गाविस इन्चार्ज मीनराज बडुसहित ५४ जना नयाँ शक्तिमा प्रवेश गरेको जिल्ला संयोजक चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.