कञ्चनपुरमा रानाथारू होम स्टे

Rana Tharu Girl 02

मुलुकमै पहिलो पटक राना थारु समुदायले कञ्चनपुरमा रानाथारू होम स्टे सुरु गरेका छन् । राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालन गरेका हुन् ।

बारसिंगेको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होम स्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेका छन् । मंसिरको अन्तिम साता उद्घाटन भएको नयाँ शैलीको होम स्टे अवलोकन र भ्रममणका लागि ३ महिनाको अवधिमा २ सयभन्दा बढी टोली आइसकेको अध्यक्ष समन रानाले बताउनु भयो ।

गाउँको चारैतिर पर्यटकीय ठाउँ र सदरमुकामबाट पनि नजिकै भएकाले नयाँ बस्तीको राना होम स्टे चर्चित बन्दैछ । होम स्टे ले ३ दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ । होम स्टे संचालनका लागि सहयोग गर्नुभएका महेन्द्रनगरका पर्यटन व्यवसायी परमानन्द भण्डारी दोधारा चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिरजस्ता पर्यटकीय ठाउँ रहेको बताउनुहुन्छ ।

Rana Tharu Girl 01

आरक्ष र दोधारा चाँदनीको पुल राना होम स्टे बाट १ देखि २ घण्टाको दुरीमा छन् भने बेदकोट र झिलमिला ताल केही टाढा छन् । शुक्लाफँटाका वन्यजन्तुसहित आसपासका पर्यटकीय क्षेत्रको भ्रमणका लागि ३ दिनको समय पर्याप्त हुने भएपनि पर्यटकहरु हप्तौं रमाउन सक्ने मनोरम ठाउँपनि पर्याप्त छन् ।

चारैतिर पर्यटकीय ठाउँ भएकाले नयाँ बस्तीको राना होम स्टे सबै कुराले उपयुक्त भएको पर्यटन व्यवसायी अमरबहादुर शाही बताउनुहुन्छ । २०४५ सालमा अर्जुनी ब्यारेक निरको आरक्षबाट नयाँबस्तीमा पुनस्थापित गराउँदा राना समुदाय दुखी बनेको थियो । सदरमुकाम नजिक बस्ती साएिपछि रानाथारू समुदायका परम्परा र संस्कृति पनि विस्तारै हराउँदै थिए । तर पुनस्र्थापनाको ३५ वर्षपछि घरघरमै पाहुनाको स्वागत गरेर आफ्नै संस्कृति र कला देखाई राना समुदाय नगद आम्दानी गर्न सक्षम भएको छ ।

रानाथारू होम स्टेमा सादा खाना १ सय ३०, मासु खाना साढे दुई सय, र बासको प्रति कोठा ४ सयमा दुई बेड उपलब्ध छन् । साथमा प्राकृतिक सुन्दरता र साँस्कृतिक मनोरञ्जन तथा भुल्नै नसकिने आत्मीय आतिथ्य राना होम स्टेको अर्काे उपहार हो, जुन मुल्यमा कतै गएर पनि किन्न पाइन्न ।

Leave a Reply

Your email address will not be published.