प्रधानमन्त्री ओलीको चीन भ्रमण चैत पहिलो सातादेखि

फाइल तस्बिर
भारत भ्रमका क्रममा गार्ड अफ अनर ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। काठमाडौं स्थित चिनियाँ दूतावास स्राेतकाअनुसार हेनान प्रान्तमा आयोजना गरिने बोआओ फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको छ। चीनको हेनानमा चैत ९ देखि १२ गतेसम्म बोआओ सम्मेलन आयोजना हुँदैछ।

संविधान जारी भएपछि नेपाली प्रधानमन्त्रीले गर्न लागेको यो पहिलो चीन भ्रमण हुनेछ। संविधानप्रति असन्तुष्टि जनाउँदै दक्षिणी छिमेकी भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। उत्तरी छिमेकीले भने संविधानलाई न्यानो स्वागत गरेको छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा बन्ने अपेक्षा गरिएको छ। इन्धन सम्झौता कार्यान्वयन हुने एवं केरुङ हुँदै नेपाल आउने रेलमार्ग विस्तारको सम्झौताको अन्तिम कार्यान्वन गरिने अपेक्षा गरिएको छ।

७ वर्षपछि नेपालका सरकार प्रमुखले उत्तरी छिमेकीको भ्रमण गर्न लागेका हुन्। सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चीनको भ्रमण गरेका थिए।

Leave a Reply

Your email address will not be published.