झारखण्डमा हुने विश्व आदिवासी दिवसलाई फूलमान चौधरीले सम्बोधन गर्ने

राम दहित/धनगढी
भारतको झारखण्डमा हुन गइरहेको विश्व आदिवासी दिवस २०१७ को विशाल सभालाई संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरी सम्बोधन गर्ने भएका छन्।

साउनन २५ गते गोपाल मैदान जमशेदपुर, झारखण्डमा हुन गइरहेको उक्त सभालाई उपाध्यक्ष चौधरीले सम्बोधन गर्नेछन्। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका चौधरीले भारतीय आदिवासी जनजातिलगायत विश्वका अदिवासी जनजातिहरुको हकअधिकार र सबालबारे सम्बोधन रहने जनाएको छ।

त्यसैगरी २००७ सालमा संयुक्त राष्ट्र संघ का १ य ९३ वटा सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेका ‘संयुक्त राष्ट्र संघ आदिवासी अधिकारका लागि घोषणापत्र’लाई पूर्णरुपमा कार्यान्वयन गराउन विशेष पहल रहने जनाइएको छ।

घोषणा पत्रमा सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेको १० वर्ष भए पनि सदस्यराष्ट्रहरुले प्रभावकारि रुपमा कार्यान्वयन नगर्दा विश्वका आदिवासी जनजाति आफ्नो हक अधिकारबाट बञ्चित हुनु परेको अवस्था छ। घोषणा पत्रमा भएको ४६ धारालाई प्रभावकारि तरिकाले कार्यान्वय गराउन उपाध्यक्ष चौधरीको उक्त सभामार्फत् सम्बन्धित निकायलाई दबाबसहित कार्यनवयन गराउन विशेष पहल रहने जनाएका छन्।

चौधरीले उक्त अवसरमा भारतीय आदिवासी जनजातिका विभिन्न गाउँघरको अवलोकन साथै आदिवासी जनजातिका अगुवा लगायत उच्च अधिकारीहरुसंघ भेटघाट कार्यक्रम समेत छ।

Leave a Reply

Your email address will not be published.