राजधानीका थारुले यसरी मनाए सामा चकेवा (फोटो फिचर)

Tharu woman celebrate Sama Chakewa in kathmandu 09

काठमाडौं‌ उपत्यकामा बसोबास गर्ने थारुहरुले सामा चकेवा पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाको संयुक्त आयोजनामा नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको थियो। पूर्वी तराईका थारुले दाजुभाइको सौर्य वृद्घिको कामनासहित सामाचकेवा मनाउँछन्। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर समापन हुन्छ। दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साँउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको बताइन्छ।

Tharu woman celebrate Sama Chakewa in kathmandu 10

दाजुभाइप्रति दिदीबहिनीले यस्तो प्रेम दर्साउने यो पर्व करिब साँढे पाँच हजार वर्ष पहिले द्वापर युगदेखि सुरु भएको बताइन्छ। द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको थारु अगुवा डा. ललन चौधरीले बताए।

Tharu woman celebrate Sama Chakewa in kathmandu 01

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएको पौराणिक वर्णन रहेको हरि देवीले बताइन्। दाजु साम्बको त्यही गुणलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको उनले बताइन्।

Tharu woman celebrate Sama Chakewa in kathmandu 02

कार्यक्रममा थारु पत्रका संघका पूर्वअध्यक्ष लक्की चौधरी, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी, थारु कल्याणकारिणी सभाका प्रेमीलाल चौधरीले सामा चकेवा पर्वबारे जानकारी दिएका थिए।

Tharu woman celebrate Sama Chakewa in kathmandu 03

Tharu woman celebrate Sama Chakewa in kathmandu 04

Tharu woman celebrate Sama Chakewa in kathmandu 05

Tharu woman celebrate Sama Chakewa in kathmandu 06

Tharu woman celebrate Sama Chakewa in kathmandu 07

Tharu woman celebrate Sama Chakewa in kathmandu 08

Tharu woman celebrate Sama Chakewa in kathmandu 11

Tharu woman celebrate Sama Chakewa in kathmandu 12

Tharu woman celebrate Sama Chakewa in kathmandu 13

थारु चलचित्र तथा सांस्कृतिक संघले पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ मनाएको छ।

Tharu woman celebrate Sama Chakewa in kathmandu 14

Tharu woman celebrate Sama Chakewa in kathmandu 15

 

Leave a Reply

Your email address will not be published.