ओलीलाई लेखीको प्रश्न- चीनको इन्धन तराईमा किन बाँडिएन ?

Rajkumar Lekhi

रौतहटका थारुहरुले तराईमा कम्तीमा दुई प्रदेश हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मेची महाकाली अभियानअन्तर्गत रौतहटको डुमरियामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले थारु मधेसीको आन्दोलन संयुक्तरुपमा हुनुपर्ने बताए । उनीहरुले स्थानीय थारु नेताहरुलाई दबाब दिन आवश्यक रहेको बताए ।

‘थारु मधेसीको आन्दोलन एकसाथ हुनुपर्छ, नाकाबन्दी र राजमार्गकेन्द्रीत आन्दोलनलाई अझै सशक्तरुपमा अगाडि लानुपर्छ, तराईमा तीन नभए पनि थरुहट र मधेस प्रदेश’ हुनुपर्ने सहभागीहरुले बताएका छन् ।

आन्दोलनमा थारु नेता राजकुमार लेखीले सरकारले तराईका जनतालाई नेपाली नै नठानेको आरोप लगाए । उनले चीनबाट ल्याएको इन्धन काठमाडौंमा मात्र बाँडेर तराई जनतामाथि विभेद् गरेको आरोप लगाए । ‘चीनबाट इन्धन ल्याइयो। भारतबाट ग्यासका तेत्रा बुलेट राजधानी लगियो । के तराईमा इन्धन चाहिँदैन । तराईका जनताले भात पकाउन पर्दैन,’ सरकारलाई लेखीको आरोप थियो ।

केपी ओली, प्रचण्ड र सुशील कोइराला अझै थारु मधेसीको माग पूरा गर्न नचाहेको लेखीले आरोप लगाए । ‘तराईका आन्दोलानलाई आन्दोलन नदेख्ने ओलीज थारु र मधेसी नेपाली होइनन् ? तीन महिना देखि जारी आन्दोलन कि त सम्बोधन गर्न परो कि त शान्त गर्न परो ।’
उनले प्रधानमन्त्री तराई आएर आन्दोलानकरीसँग छलफल गर्नुपर्ने माग गरे।
कार्यक्रममा रामकृष्ण चौधरी, अधिकलाल चौधरी, संरक्षक अमृत खाँ, जिल्ला सभापति रामेश्वरप्रसाद चौधरीलगायतका नेताहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.