थारु नेता राजकुमार लेखीले थारु मधेसीले छुट्टै देश नमागेको स्पष्ट पारेका छन्। थारु मधेसीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मगेको उनले बताए। बाराको जितपुरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै लेखीले भने, ‘थारु मधेसीले कुनै देश मागेको होइन, उनीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मागेको हो ।’
उनले पहाड जनता पाँच दिन आन्दोलन गर्दा उनीहरुको माग सम्बोधन गर्ने सरकार तीन महिनादेखि जारी राखेको थारु मधेसीको आन्दोलनलाई किन सम्बोधन गर्न सक्दैनन् भन्दै लेखीले प्रश्न गरेका थिए । ‘ढाकाटोपी लगाउने मात्र नेपाली होइनन् धोती र कुर्ता लगाउने पनि नेपाली नागरिक हुन्,’ उनले भने ।
उनले सेतो अनुहार हरेर उनीहरुको माग सम्बोधन गर्ने र कालो अनुहार भएकालाई विभेद् गर्नु जातिवादी अहंकारवादी र नशलवादी सोच भएको आरोप लगाए ।
त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनालले थारु मधेसीको आन्दोलन माग सम्बोधन नभएसम्म जारी रहने बताए । उनले ४२ जना थारु सांसद हुँदाहुँदै संसदमा रोस्टम घेराउ गर्न नसक्नु दुर्भाग्य रहेको बताए । कार्यक्रमा दुई हजार बढी थारु मधेसीको उपस्थित थियो।
Kura thik ho sangharsa sasakta nabanai hudaina arko bikalpa chhaina. Hami Pahad mai bhayera pani tapai haru jastai pahichan bihin ko awasthama chhou.Pahichan binako swayatta rajya bata hami pachhi hatnu hudaina. Jay Sanghiyeta, Jay Tharuwan.
सिधा सोझो थारूहरू अर्काको कुरामा लाग्छौं, यो कुरा नबिर्सौ, हामी सबै भन्दा बढी हेपिएको मधेसी भनाउने बिहारी बर्गबाट हो। त्यसैले आफ्नो माग राखौ, मधेसीहरू संग मिलेर आफ्नो खुट्टामा आफै बन्चरो नहानौ ।