कमला थापा नेतृत्वमा वार्ता समिति गठन, रामजनम चौधरी पनि समितिमा

kamal-thapa

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्केर आउनासाथ बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलन समाधानका निम्ति वार्ता समिति गठन गरेको छ।

मन्त्रिपरिषदले थापाकै संयोजकत्वमा मन्त्रीहरू अग्नि खरेल, रामजनम चौधरी र रेखा शर्मा रहेको समिति गठन गरेको हो। ‘समितिमा कांग्रेसबाट पनि प्रतिनिधित्व गराउँछौं,’ सरकारका प्रवक्ता एवं कानुनमन्त्री खरेलले नागरिकसँग भने।

थापा भारत भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलबाट सीधै मन्त्रिपरिषद बैठकमा गएका थिए। त्यहाँ उनले भ्रमणबारे जानकारी गराएपछि वार्ताका लागि समिति गठन भएको हो। बैठकमा थापाले भ्रमण सकारात्मक भएको जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published.