
एकीकृत नेकपा माओवादीका थारु सभासद तथा नेताहरुले संयुक्त राजीनामाको चेतावनी दिएका छन्। संविधान जारी भएको दुई सातामै संशोधन गरेर थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रतिवद्धता पूरा नभएको र सरकारमा पनि सहभागी नगराएको भन्दै माओवादीका थारु नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका छन्।
उनीहरुले पार्टीभित्र विद्रोह गर्ने चेतावनी दिएका छन्। ‘हामी बैठक बसिरहेका छौं। आजै साँझ वा भोलिसम्ममा अधयक्ष प्रचण्ड कहाँ सामूहिक राजीनामा बुझाउने तयारी भइरहेकेा छ,’ थारु राष्ट्रिय मुक्ति मोर्चाका सदस्य एवं पूर्वसभासद् सन्तोष थारुले भने।
एमाओवादीका थारु नेताहरुले नयाँ संविधान जारी भएपछि दुई सातामै संशोधन गर्छौं र सीमांकनमा थारु समुदायलाई सम्बोधन गर्छौ भन्ने प्रतिवद्धता नेतृत्वले भूलेको आरोप लगाएका छन्। ‘थारु राष्ट्रिय मुक्ति मोर्चाका नेताहरुले प्रतिवद्धता जनाउनु भएको थियो । तर, अहिलेसम्म हुन सकेन। सरकारमा सहभागिता पनि भएन,’ थारुले भने।
केपी ओली सरकारमा एमाओवादीले गृहसहितका ८ मन्त्रालय पाएको थियो। सुरुमा हरिबोल गजुरेललाई मात्र पठाएको थियो। सात मन्त्री छान्ने क्रममा सभासद एवं थारु मोर्चाका अध्यक्ष सन्तकुमार थारुको नाम पनि चर्चामा थियो। तर, आइतबार सात मन्त्री पठाउँदा थारु समुदायबाट कोही पनि गरेन। एमाओवादी नेतृत्वले अब केही राज्यमन्त्री थारु समुदायबाट बनाउने आश्वासन दिएको छ।
तर, थारु नेताहरुले भने पार्टीले आफूहरुलाई राजनीतिक कमैया मात्र बनाउन खोजेको भन्दै राज्यमन्त्री नबन्ने र राजीनामा दिने तयारी गरेका छन्। नेताहरुका अनुसार ८ सांसद र केन्द्रीय समितिमा रहेका थारुहरुले राजीनामाको तयारी गरेका छन्।
नेपालमा हारेका वाहुनहरू प्रधानमन्त्री र मन्त्री बनेका छन भने चौधरीहरू चुनाव जीतेर मन्त्री बन्न खोज्नु कुन आश्चर्यको कुरो हो. बनुन न उनीहरू पनि मन्त्री ! आखिर देश सवैको साझा हो .
नेपाली काण्ग्रेस, एमाले र एमाओबादी सबै पार्टिले थारुलाई राजनऐटिक कमैया र झोलबोकुवा मात्रा ठण्डछ । एमाओबाडी का थारु सभासद र नेता कार्यकर्टालाई मैले पहिले नै भनेको थिय, अब पक्कै चेट खुलेहोला ।
यो माओबादी पार्टीले 2063 सालमा अंतरिम संबिधान मार्फत थारु तथा राजबंशी मुस्लिम अरु तराईका जनता लाई मधेसी बनायो तैपनि गधा थारुनेताहरूको बुद्धि आएन।