नौ मन्त्री थपिए, फोरम लोकतान्त्रिकबाट रामजनम चौधरीले शपथ लिए

Ramjanam Chaudharyप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक-एक थपिए।

एमाओवादीबाट सचिव टोपबहादुर रायमाझीले उपप्रधानसहित ऊर्जामन्त्रीमा सपथ लिएका छ । यसैगरी गृहमन्त्रीमा शक्ति बस्नेत, शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल, वन मन्त्रीमा अग्नि सापकोटा, सिँचाइ मन्त्रीमा उमेश यादव र सामान्य प्रशासन मन्त्रीमा रेखा शर्मा र वाणिज्य तथा आपूर्ति मन्त्रीमा गणेशमान पुनले सपथ लिए।

प्रधानमन्त्रीले दुई बिनाविभागीय मन्त्री पनि थपेका छन्। फोरम लोकतान्त्रिकका रामजनम चौधरी र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले बिना विभागीय मन्त्रीको सपथ लिए। प्रधानमन्त्रीको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति रामवरण यादवले नवनियुक्त मन्त्रीलाई सपथ खुवाएका हुन्।

Leave a Reply

Your email address will not be published.