थारुहरू सखिया नाँचमा रमाउँदै

Kanchanpur-sakhiya tharu dance 2

सखिया नाँच्दा छुट्टै उमङ्ग रौनकता छाइरहेको धधबार– ९, मेरैया गाउँकी सुनिता चौधरीले बताए । उनले यस नाचले गाउँमा आजकाल रौनकता छाएको बताए ।

सखिया नाँच नभए गाउँमा चाडपर्व आएको महसुस नहुने उनको भनार्इ छ । पहिले पहिलेका वर्षमा महिनाभरि सखिया नाच नाचिन्थ्यो । यस वर्ष भने दसैँ नजिकिएका बेलामात्र नाचिने गरियो ।

दसैँ नजिकिँदै जाँदा थारु गाउँमा सखियाको उमङ्ग सुरु भएकोले सखिया नाच नाचिरहेको थारु युवती सुनिता बताउँछिन् ।

यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार÷पाँचजना मादल बजाउने युवा हुन्छन् । २०/२५ जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

युवाले भने सेतो रङको धोती र कमिज लगाई मादल भिरेका हुन्छन् । सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत नसकिएसम्म गाउने गरेको चौधरीले बताए । दसैँको टीकासम्म सबै मिली यो नाच नाचिन्छ । रासस

Leave a Reply

Your email address will not be published.