गच्छदार पार्टीको सिरहा कार्यसमितिका पदाधिकारीद्वारा राजीनामा

Bijaya

मधेसी जनतालाई धोका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूहिक राजीनामा दिएका छन्।

अध्यक्ष रामचलित्तर साहको अध्यक्षतामा सिरहाको गोलबजारमा बसेको बैठकबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो। मन्त्री पाउने लोभमा मधेस र मधेसीको एजेण्डा छाडेर सरकारमा अध्यक्ष गच्छदार सहभागी भएकाले पार्टीबाट सामूहिक राजीनामा दिने निर्णय गरिएको जिल्ला अध्यक्ष साहले जानकारी दिए।

यस्तै सो पार्टीका केन्द्रीय सदस्यद्वय शत्रुधनप्रसाद सिंह र लक्ष्मण यादवले समेत आजै राजीनामा दिने घोषणा गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.