सरकारले आन्दोलनरत थारु-मधेसीसँग वार्ता गर्ने

The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS

‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकारलाई समर्थन गर्ने विभिन्न दलको आज बिहान बसेको बैठकले ११ सदस्यीय समिति गठन गरेको थियो। उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि समन्वय गरी समस्या समाधानका लागि तत्काल वार्ता टोली गठन हुने बताए।

अघिल्लो सरकारका पालामा नपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका तर्फबाट तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो। बैठकले आन्दोलनरत दललाई भारतीय सीमा क्षेत्रमा गरिएको अवरोधका कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेको छ।

समितिले नयाँ संविधानको कार्यान्वयन, विद्यमान आपूर्ति व्यवस्थापन समस्याको सम्बोधन र सरकारलाई आवश्यक सहयोगजस्ता काममा समन्वय गर्ने संयोजक दाहालले बताए। सो लागि विस्तृत कार्यविधि (टिओआर) पनि बन्नेछ। रासस

Leave a Reply

Your email address will not be published.