लेखी र महतोको भेटवार्ता, लेखी भन्छन्- आन्दोलनमा सहकार्य हुन्छ : लेखी

Rajkumarथरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले मधेसी मोर्चा र थारुहरुको आन्दोलन सहकार्यमा अघि बढ्ने बताएका छन् । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने-अवको आन्दोलन अधिकार प्राप्तीको आन्दोलन हुनेछ र यसका लागि आजैवाट मधेसी मोर्चा र थारुहरुको आन्दोलन एकसाथ शुभारम्भ हुँदैछ।’

उनले सप्तरीको राजविराजमा आयोजना हुने संयुक्त सभाबाट सहकार्यको थालनी हुने जानकारी दिए । यसअघि मधेसी मोर्चा र थारुहाटको आन्दोलन छुटाछुटै रुपमा हुँदै आएको थियो ।

लेखीले यतिका लामो समयसम्मको आन्दोलनलाई सरकारले वेवास्था गरेकाले मधेसी र थारुको आन्दोलन एकसाथ अगाडी वढाउनु परेको दावी गरे । उनले भने, अव सरकारसँग वार्तामा वस्दा पनि सँगै हुनेछौं, लेखीले भने, छुट्टाछुट्टै वार्ता गदैनौं।

लेखीले आफूहरुको आन्दोलन देश विखण्डन र विभाजनका लागि नभइ अधिकारका लागि भएको स्प्रष्ट पारे।

लेखी-महतो भेटवार्ता

समितिका नेता राजकुमार लेखी र मधेसी मोर्चाका नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ। भेटवार्तामा अधिकार प्राप्तिको लागि थारु-मधेसीले कसरी सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ। माग मुद्दा सम्बोधन गराउनका निम्ति सहकार्य खाँचो रहेको बताउँदै छिट्टै नै आन्दोलनमा थारु मधेसीले सहकार्य गर्ने भेटपछि लेखीले बताए।

Leave a Reply

Your email address will not be published.