चम्पन समूहले साँस्कृतिक कार्यक्रम गर्ने

Champan Sanskritik Samuh

चम्पन सांस्कृतिक समूहले यस वर्ष पनि सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपालीको महान् चाड दशैं-तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेको समूहले जनाएको छ। कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समूहका प्रबन्ध निर्देशक नन्दुराज चौधरट्ठले बताए।

समूहले थारु समुदायका प्रख्यात नृतयहरु प्रस्तुत गर्नेछ। चौधरीका अनुसार बडका नाच, झुम्रा, छोकडा नाच प्रस्तुत गरिनुका साथै अन्य भाषाको नृत्यसमेत प्रस्तुत गरिनेछ।

समूहले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिहरुलाई पनि सम्मान गर्ने बताएको छ। कार्यक्रम असोज २३ गते बत्तिसपुतलीस्थित सिल्पी थियटरमा हुने बताइएको छ।

समूहले गत वर्ष पनि थारु सांस्कृतिक झंकारको आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published.