हिरासतमा रहेकालाई चरम यातना, रामप्रसादको हात चल्दैन

tharu

टीकापुर घटनामा पक्राउ परेकाहरुलाई निर्मम यातना दिइएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एक टोलीसँग पक्राउ परेकाहरुले आफूहरुलाई निर्मम यातना दिएको बताएका छन्। जिल्ला प्रहरी कर्यालय कैलालीको थुनामा रहेका संयुक्त संघर्ष समिति कैलालीका संयोजक रामप्रसाद चौधरी र फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले आफूहरुलाई निर्मम यातना दिएको उनीहरुलाई उद्धृत गर्दै थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले बताए छन्। उनका अनुसार रामप्रसाद चौधरीको दाँया हातसमेत चलेको छैन।

लक्ष्मण थारुले हतकडी लगाएर कैदीबाटै यातना दिइएको अधिवक्ता नाथुराम महतोसहितको टोलीलाई बताएका छन्। पक्राउ परेकाहरुको अस्था बुझ्न उक्त टोली जिप्रका कैलाली पुगेका थिए। ‘थुनाभित्र समेत हतकडी खोलिएन। उल्टै भित्रका कैदीबाट कुटपिट गराइयो, यातना दिइयो,’ लक्ष्मणको भनाइ उद्धृत गर्दै टोलीका महावीरले भने। बाँकी सबै अभियुक्तलाई पनि यस्तै यातना दिएको हुनसक्ने अनुमान टोलीलले गरेको छ।

भदौ ७ गतेको टीकापुर घटनापछि प्रहरीले संलग्न रहेको भन्दै २२ जनालाई पक्राउ गरेका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई भदौ २३ गते भैरहवाबाट पक्राउ गरी कैलाली पुयाइएको थियो। घटना संलग्न रहेको भन्दै संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ५८ जनाविरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गराएको छ।

Leave a Reply

Your email address will not be published.