थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले थारुलाई बाहिर राखेर संविधान आए थारु बाहूल क्षेत्रलाई अलग देश गर्ने चेतावनी दिएका छन्। कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थारुले पहिचानमा आधारित थारुलाई प्रदेश नदिए छुट्टै थारुहट प्रदेश बनाउन सक्ने उनले बताए।
विश्वमा थुप्रै घटना भएको चित्रण गर्दै उनले संविधान निर्माणकै प्रक्रियामा असन्तुष्ट जनताले अलगै देश घोषणा गरेकाले थारुहरु पनि अलग देश घोषणा गर्ने दाबी गरे।
उनले थरुहट/थारुवान संयुक्त संघर्ष समितिले वार्ताको वातावरण बनाउन पेस गरेको सात बुँदे सर्तहरु कार्यान्वन गरे वार्तामा बस्न कुनै समस्या नभएको स्पष्ट पारे। उनले तीन सदस्यीय वार्ता टोली गठन भएको नभइ दबाब समिति गठन गरेको तर्क गरे।
अर्को फरक प्रसंगमा अध्यक्ष चौधरीले विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकको मोर्चाप्रति असन्तुष्टि जनाउँदै सो मोर्चाबाट अलग हुनेसमेत बताए। फोरम लोकतान्त्रिक कैलालीका केही भाग मिलाएर थारुवानमा मिलाए पनि सहमतिमा आउन लागेको उनीहरुसँग आन्दोलनमा एक भएर जान नसकिने जिकिर गरे।
उनले कैलाली कञ्चनपुरदेखि नवलपरासीसम्मको थारुवान प्रदेश चाहिएको दोहोर्याए। पत्रकार सम्मेलनमा थारु नेताहरुले थारुको मागलाई व्यवस्था गरेर ल्याएको संविधान आए आन्दोलनको आँधिबेरी ल्याउने बताए।
मधेसका सवै दलहरू आन्दोलन गरेमा मात्र तराईवासीको माँग पुरा हुनेछ. फुटेर माँग पुरा हुँदैन.
thukk afanai deshlai tukrayaune kura garer laj lagadain netaharu lai.