मधेसलाई छुट्टै राज्य बनाउने सोँच आत्मघाति र राष्ट्रघाति : दाहाल

COxVbPyUYAAzcj6

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संविधानसभाको आजको बैठकमा उनले ६५ वर्षपछि ठूलठूला बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने चरणमा प्रवेश गरेको बताए। सम्पूर्ण जातजाति भाषाभाषीको प्रयासस्वरुप शान्ति प्रक्रियाको अभिन्न अङ्गका रुपमा संविधानसभामार्फत संविधान जारी गर्ने अवस्थामा आइपुगेको उनको कथन थियो।

पहिलो संविधानसभा संविधान जारी नगरिकन विघटन भएको, तथा दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुन नदिन विभिन्न चलखेल भएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, ‘धेरै किसिमका चलखेल हामीले देख्यौँ, फेरि पनि नेपाली जनता आफ्नो भाग्य र भविष्यको फैसला गर्न सक्षम छैनन्, नेपाली राजनीतिक दल आफ्नो इतिहास र बलिदानको औचित्य सावित गर्न सक्षम छैनन् भन्ने आशङ्का पैदा भएको छ । यसलाई हामी राजनीतिक दलले परास्त गर्नै पर्छ ।’

पश्चिम नेपालको थारु समुदाय र मधेसमा भएको आन्दोलन पहिचान र अधिकार गुम्ने हो कि भन्ने चिन्ता लुकेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनता पार्टी र संविधानसभालाई असफल तुल्याउन खोज्नेप्रति सतर्क रहनुपर्ने आवश्यकता ‍औंल्याए।

तराई मधेसमा राज्यले टाउकोमा नै ताकेर गोली हानेको भन्ने आएको छ, अर्कोतिर घाइते भएका प्रहरीलाई थुतेर हत्या गरिएको छ, यसले हामीलाई गम्भीर बनाएको छ उनले भने।

अध्यक्ष दाहालले केही मधेसवादी दलले राख्दै आएको धारणा उल्लेख गर्दै भने, ‘मधेसवादी दलका नेताले अब तराई मधेसलाई अधिकार होइन, छुट्टै राज्य बनाउने भन्ने धारणा राखेको भन्दै त्यो आत्मघाती र राष्ट्रघाती सोच हो। काठमाडौं निर्माणमा मधेसी समुदायको ठूलो योगदान भएकाले यहाँबाट अलग हुने होइन, अंश र अधिकार लिन सल्लाह दिन्छु। रासस

Leave a Reply

Your email address will not be published.