मोर्चाको बैठकमा जब गच्छदार रोए…

 Vijay Gachhadar 01

संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरूको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन्। गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तीन दलका शीर्ष नेताहरूले मेरो कुरा नबुझेका कारण कारण मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ।’

आफूले मधेसी र थारूको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेको उनले बैठकमा बताएका थिए। उनले भनेका थिए, ‘अन्ततः उनीहरूले मलाई बाइपास गर्दै संविधानको विधेयकमा संशोधन दर्ता गराए। उनीहरूको यो कार्यले राष्ट्र ठूलै दुर्घटनामा पर्नेछ।’

स्रोतका अनुसार बैठकमा उनले संविधान जसरी पनि जारी गरेर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभाुमख बाँडीचुँडी खाने दिवास्वप्नमा तीन दलका नेता डुबेको भन्दै आफूलाई अहिलेको अवस्थामा प्रधानमन्त्री दिए पनि नचाहिने बताएका थिए।

उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो आजको आवश्यकता भनेको नेपाल राष्ट्र र यसको एकता नै हो।’ फोरम गणतान्त्रिकका अध्यक्ष यादवले सोमबार बस्ने बैठकले भावी कार्यक्रम घोषणा गर्ने जानकारी दिए।

अन्नपूर्णपोष्टबाट साभार

Leave a Reply

Your email address will not be published.