संशोधन प्रस्ताव फिर्ता लिन पेम्बा भोटेलाई एमालेको दबाब

Pemba-bhote

नेकपा एमालेले आदिवासी जनजाति महांसंघका महासचिव पेम्बा भोटेलाई संविधानको विधेयकमाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। आफूलाई पार्टीको शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए।

‘मलाई पार्टीका शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन र पार्टी कार्यालयमा आउनु भन्नुभएको थियो,’ भोटेले भने, ‘मैले संशोधन प्रस्ताव फिर्ता लिएको पनि छैन पार्टी कार्यलय गएको पनि छैन।’ उनले शीर्ष नेताले फोन गरेको भनेपनि नेताको नाम भने खुलाएनन्। संविधानसभा कार्यसंचालन नियमावली अनुसार संधिवानसभामा ह्विप लाग्दैन। तर एमाले अध्यक्ष केपी ओलीले केही दिन पहिला संविधानसभामा ह्विप नगाले पनि एमालेका सबै सभासद पार्टीका सिपाही भएकाले पार्टीको निर्देशन मान्नु पर्ने बताएका थिए।

जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भेटेले संशोधन प्रस्ताव दर्ता गरेका छन्। कुमाल कांग्रेस र भोटे एमालेको सिफारिसमा मन्त्रिपरिषदबाट नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published.