राज्यले नै आतंक मच्चाउन खोज्दैछ : थारु सभासद्

Rukmini Chaudhary

थरुहट\थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ताविरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गम्भीरतापूर्वक सोच्ने बताएको छ। समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले बार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने भन्दै झुटा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने प्रतिबद्धता ब्यक्त गरे बार्ता हुनसक्ने बताए। उनले आफूहरु छिटो बार्ता होस र सहिसमयमा संविधान जारी होस भन्ने पक्षमा रहेको स्पष्ट पारे ।
Dhaniram Chaudhary

टिकापुरमा भएको घटनालाई निन्दनीय र दुखद भन्दै उनले शान्तिपूर्ण आन्दोलनमा असहज अवस्था सिर्जना गरेर राज्यले हिंसा गराएको दाबी गरे।
चौधरीले भने– राज्यले दमन गरेर हाम्रो माग ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको छ। सामाजिक सदभाव बिगार्ने काम राज्यले नगरोस्। भोली गलत परिस्थिति आए त्यसको जिम्मोरी राज्यले लिनुपर्छ।
उनले कफ्र्यू लागेको अवस्थामा केही झुण्डहरुले आगजनी गरेको घटनाले समेत राज्यले हिंसा गराउन खोजेको पुष्टि भएको दाबी गर्दै पूर्व नियोजित रुपमा घटना घटाइएको बताए।
पत्रकार सम्मेलनमा संयोजक चौधरीले पूर्व घोषित १६ गतेसम्मको आम हड्ताललाई निरन्तरता दिँदै भदौ १२ गते शनिबार दिउसो १२ थारुहट क्षेत्रमा विरोधसभा गर्ने र मसाल जुलुस गर्दै पहिचान विरोधीहरुको पुत्ला दहन गर्ने रहेको बताए।
सभासद जनकराज चौधरीले मुनवा र टिकापुरको विचमा शान्तिपूर्ण दमन भएपछि हिसात्मक घटना भएको भन्दै कफ्र्यू लगाएको बीचमा थारुहरुको घरमा आगजनी हुनुले पनि सरकार हिंसा मच्चाउन उद्यत रहेको दाबी गरे ।

Tharu Lawmaker
उनले भने– स्वयम राज्यले नै आतंक मच्याउन खोज्दैछ । राज्यले नै छानिछानी आगो लगाउने काम गरेको छ । राज्यले सहयोग गरिरहेका झुण्डहरुको जुलुस निस्कनुले राज्यको नियत प्रष्ट भएको छ ।
उनले टिकापुर घट्नाको निन्दा गर्दै सामाजिक सदभाव नविथोल्न आफूले प्रधानमन्त्रीले भनेको र त्यसकोलागि आफू पनि काम गर्न तयार रहेको स्पष्ट पारे ।
उनले अहिलेको समस्या राजनीतिक भएकोले शिर्ष नेताहरुल्े राजनीतिक तवरबाटै समाधान गर्नु पर्नेमा जोड दिए ।
सभासद सुरेन्द्र चौधरीले मृत्यू कहिल्यै पनि प्रसंसनीय नहुने भएकोले घटनाको निन्दा गर्दै आन्दोलनमा घुसपैठ भएको दावी गरे ।
उनले भने– पशुपतिमा मेला लाग्दा भक्त, साधु सन्त र पाकेटमारहरु पनि जान्छन । सबैलाई पाकेटमार भन्न मिल्दैन । आन्दोलनमा घुसपैठ भएको छ । त्यसलाई लिएर आन्दोलनको बदनाम गरिँदैछ । परिचय पत्र बाडेर आन्दोलन हुँदैन । उनले संसदीय समिति गठन गरेर घटनाको छानविन गर्न माग गरे । उनले राजनीतिक सिण्डिकेटका कारण मुलुक द्धन्दमा गएको दावीगर्दै आफूले पहिला नै स्विकार गरिसकेको मागमा अहिले दमन गरिरहेको बताए । चौधरीले दमन समाधानको बाटो नभएको भन्दै दमनले आन्दोलन अझै मेचि महाकाली पुग्छ ।
सभासद रुक्मिणी चौधरीले संविधान दिएको अधिकारको आधारमा आफूहरुले अहिंसात्मक आन्दोलन गरिरहेको भन्दै राज्यले नै घुसपैठ गरेर टिकापुरको दुखद घट्ना घटाएको दावी गरे ।
उनले पनि सरकारले लिखित आव्हान गरे आन्दोलनको विकल्पको बारेमा सोच्नै स्पष्ट पार्दै कैलाली र कञ्चनपुर कुनै पनि हालतमा नछाड्ने बताईन ।

Leave a Reply

Your email address will not be published.