थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

Sher

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारु विरोधी नभएको बताएका छन् । थारु समुदायको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहित सात सुरक्षकर्मी मारिएको भोलिपल्ट देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा देउवाले आफ्नो दायाँ बायाँ दुबै तिर पार्टीका थारु नेता तथा सभासदलाई राखेका थिए । उनले भने- थारुका लागि सबैभन्दा बढी लडेको मान्छे म । थारुलाई जमिन दिलाउने म कसरी थारु विरोधी भएँ ।’

थरुहट प्रदेश बनाउनु पर्ने थारु समुदायको मागबारे भने उनले केही बताएनन् ।  वरिष्ठ नेता देउवाले आफूलाई थारुलाई रौं पनि दिन्न नभनेको दाबी गरे । तर, जिल्ला टुक्राउन नहुने पक्षमा हिजो पनि रहेको, आज पनि रहेको र भोलि पनि रहने बताए ।

उनले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक कुरा गरेको भन्दै आपत्ति समेत जनाए । सम्वाद समितिको सभापति भएपछि राजनीतिक कुरा गर्न नपाइने भन्दै उनले भट्टराईले झगडा गराउने काम गरेको आरोप पनि लगाएका छन् ।

अनलाइनखबरबाट

3 thoughts on “थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

  1. यस्तो कुकुर भन्दा पनि गिरेको डाँकाको कुरा सुन्ने ?यो जिल्ला त्यो जिल्ला तुक्रन दिन्न भन्ने त्यो त्यसको ससुराले दएको दाईजो हो र गधा शेरे ,चुनाव मा मात्र गाउ फर्किने चुनाव चिते पछी काठमाडौंमा मोज गर्ने पाजिले कसरी जाँन्दछ त्यहाको जनताको आशा दु:ख केहो भनेर ,जिल्ला तुक्रिन्छ गाउ छुतिन्छ के भो त देश त तुक्रिन्न उता भारत्ले देशै तुक्राउदा चुप हुने गद्दार अहिले अधिकारको कुरामा किन बम्किन्छ । एक भाई भारतीय भुभाग्मा एक सरो खेत नेपाल मा हुँदा केही नदेख्ने ले देश भित्रै हुने कुरालाई किन बढी देश द्रोही देख्छ देउबा लाई जलाउनु पर्छ जिउदै अत्याचारएे दमान्कारी

  2. दलमा राजनैतिक कुरा नगरे त के घरायसी कुरा गर्ने त यो सरासर हुँदैन यो छोडिन्न थारुसभासदहरुलाइ चेतावनी माग जारी राखेर अब नछोड्नुहोला नत्र फेरी काया पल्ट हुन्छ राणासासन फेरी शुरु हुन्छ

  3. Dhaniram Chaudhari ji tapai jasto Bhaladmi bekti yati tuchchaa sanda pryog gareko suhaudaina. B4 garnus yo ek samajik sanjal ho.

    Please, this is social networking media, therefore mind your language, because not show this language, word and sentences of your responsibility and your job. We are all Nepali and proud of our Nepalese society and their religious.

Leave a Reply

Your email address will not be published. Required fields are marked *