थरुहट आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुत्ला

Putla-Dah

संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले बाँकेको जमुनाह नाकाको दशगजा मै प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला जलाएका छन् । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन् । बाँके प्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला पनि हो ।

आफ्नो आन्दोलनको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले जमुनाह, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका ठाउँमा प्रधानमन्त्रीको पुत्ला सहितको जुलुस निकालेर जमुनाह र त्रिभुवन चोकमा जलाएका थिए ।

आन्दोलनको १२ औं दिनसम्म पनि राज्यले आफूहरुको माग सुनुवाई नगरेको भन्दै आक्रोशित उनीहरुले चार दलका शीर्ष नेताहरुका विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.