दुई खानको नाम भजाउँदै प्रियंका

priyanka_chopraबलिउडका दुई अभिनेता शाहरूख र सलमान खानले आफ्ना आउँदा फिल्ममा प्रियंका चोपडालाई लिनेछैनन्। तै पनि आफू अझै पनि यी दुई खानसँग नजिक छु भन्ने देखाउन प्रियंकाले भने हरेक पटक शाहरूख र सलमानको नाम लिने गरेकी छिन्। प्रियंकाले सुटिङका क्रममा नयाँ कलाकारले गलत काम गरेमा शाहरूख खानलाई भन्दिन्छु भनेर धम्क्याउने गरेकी छिन्।
केही दिनअघिमात्र एक नयाँ कलाकारले आफूलाई सम्मान नगरेपछि प्रियंकाले ती नयाँ कलाकारलाई वरिष्ठ कलाकारलाई सम्मान गर्न सुझाव दिँदै उसको व्यवहार शाहरूखलाई सुनाइदिने चेतावनी दिएकी थिइन्। त्यसपछि ती नयाँ कलाकारले प्रियंकालाई आदर गर्न थालेका थिए। प्रियंकाले कुनै ठाउँमा शाहरूखको नाम लिँदा काम बनेन भने सलमानको नाम पनि लिने गरेकी छिन्।
केही अघिसम्म शाहरूख र प्रियंका नजिक थिए। यी दुईबीचको सम्बन्धले शाहरूख पत्नी गौरी पनि दिक्क थिइन्। तर, पछिल्लो समय यी दुईको सम्बन्ध त्यति नजिक छैन। तर, पनि प्रियंकाले भने आफूलाई फाइदा हुने ठाउँमा आफू शाहरूख र सलमान दुवैसँग नजिक छु भनिरहेकी छिन्।

Leave a Reply

Your email address will not be published.