गच्छदारले प्रस्ताव गरेका थिए ८ प्रदेशको खाका

पहिलोपोस्टबाट साभार नक्सा
पहिलोपोस्टबाट साभार नक्सा

शीर्ष नेताहरुले सात प्रदेशमा सहमति जुटाएपछि शीर्ष चार दलको एक घटक विजय कुमार गच्छदारले चार दलीय मोर्चाबाट अलग्गिएका छन्। उनले विशेष समितिको बैठकमा ८ प्रदेश नै सबै समस्याको समाधान भएको अडान दोहोर्‍याएका थिए। तर आफ्नो प्रस्तावमा नेताहरु गम्भीर नरहेको उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
‘सुदूरपश्चिममा पूर्व प्रधानमन्त्री, पश्चिमाञ्चलमा रामचन्द्र पौडेल लगायत नेताहरु आ-आफ्नै क्षेत्रमा बढी ध्यान दिनेतर्फ लागे’, उनले भने, ‘८ प्रदेशले समस्या समाधान गर्छ किन नगर्ने भन्दा कोही पनि नेताले ध्यान दिएनन्।’

विशेष समितिको बैठकमा आफूहरुलाई निषेध गर्ने गरी सात प्रदेशको प्रस्ताव आएको आरोप गच्छदारको थियो। ‘विशेष समितिको बैठकमा कांग्रेस, एमाले र एमाओवादी पार्टीबाट पहिचान र सामर्थ्यको परिभाषित आधारलाई निषेध गर्दैछ प्रदेशको प्रस्ताव प्रस्तुत भयो। हाम्रो पार्टी यो देखेर स्तब्ध भयो’, गच्छदारको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘सात प्रदेश अहिलेको संकटको निदान हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘अब हाम्रो पार्टीले सडक र सदनको दुवै मोर्चालाई संघर्षको माध्यम बनाएर सशक्त र प्रभावकारी ढंगले अघि बढाउनेछ।

Leave a Reply

Your email address will not be published.