लहानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन सवारीसाधनमा तोडफोड र आगजनी

bus-22थारुलगायत विभिन्न दलहरुले आह्वान गरेको बन्दका क्रममा आज साँझ सिरहाको मिर्चैयास्थित घुर्मी खोला नजिक एक यात्रु बसमा आगजनी गरिएका छ। आमहडतालका क्रममा पूर्वपश्चिम राजमार्ग सिरहाको बन्दीपुरलगायत स्थानमा रोकिएका सवारीलाई साँझ ६ बजेतिर सिरहा प्रहरीले सुरक्षा दिँदै गन्तव्यसम्म पठाउन लागेका बेला मोर्चाका नेता कार्यकर्ताले काठमाडौं-राजविराज चल्ने ना ५ख ४४२९ नंको बसमा आगजनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल सिरहाका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए।

आगजनीपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच सो स्थानमा झडप जारी रहेकाले आगजनीबाट बसमा के कति क्षति भएको यकिन भइनसकेको प्रहरी निरीक्षक पोखरेलले बताए। दुबै पक्षको झडपका कारण अहिले सो क्षेत्र तनावग्रस्त छ।

प्रदर्शनकारीले ना ५ ख २७१ नंको मुस्कान डिलक्स, ना४ ख ४५३६ नंको आरती डिलक्सलगायत एक दर्जन सवारी साधनमा तोडफोडसमेत गरेका छन्। यसअघि आजै बजार बन्द गराउने क्रममा मिर्चैयाबाट सङ्घीय समाजवादी फोरम नेपालका सभासद् वीरेन्द महतोसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published.