थरुहट आमसभामा भाग लिन आएको ट्याक्टर दुर्घटना, १६ जना घाइते

धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

रुहट/थारूवान् पक्षको आज हुने आमसभामा धनगढी आइरहेको बेला सो दुर्घटना भएको हो। रासस

Leave a Reply

Your email address will not be published.