थारु आन्दोलनलाई नजरअन्दाज नगरियोस् : थारु नेताहरु

11885146_814337078675416_6918166777463476732_oथरुहट/थारुवान संयुक्त संघर्ष समितिले जारी आमहडतालाई भदौ चार दिनसम्म निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको समितिको केन्द्रीय संयोजन समिति र सचिवालयको संयुक्त बैठकले आमहडतालाई निरन्तरता दिने निर्णय गरेको सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो।
समितिले आमहडतालाई निरन्तरता दिने सँगै आन्दोलनमा पत्रकार परेकाको रिहाई र घाईतेको निशुल्क उपचार, दमनको भत्र्सना र आन्दोलनलाई अझै शसक्त र निर्णायक बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरेको छ ।

सम्पूर्ण पार्टीका सभासद, थारु कल्याणकारिणी सभा, त्यसका भातृ संगठन र विभिन्न थारु जातीय संघ संगठनको सहभागिता रहेको समितिले थारु बाहुल्य क्षेत्रलाई पहाडसँग मिलाएर थारुहरुलाई अधिकार विहीन बनाउने काम कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पार्दै झापा, मोरङ, सुनसरी, उदयपुर, कैलाली र कञ्चनपुर कुनै पनि हालतमा नछाड्ने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष धनिराम चौधरीले संविधानसभाले निश्चित गरेको सामथ्र्य र पहिचानको आधारमा प्रदेश बनाउने म्याण्डेडलाई दलहरुले उल्लघन गरेको भन्दै आफूहरुको पहिचान नष्ट गर्ने गरी गरिने कुनै पनि निर्णय नमान्ने स्पष्ट पारे ।

राजकुमार लेखीले थारुहरुलाई विशेष पहिचान दिएर प्रदेश नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्दै थारुलाई अधिकारसम्पन्न नगरेसम्म तराईमा राष्ट्रियता बलियो नहुने ठोकुवा गरे।
एमाओवादी सभासद अमनलाल मोदीले आफूहरुको आन्दोलनलाई नजरअन्दाज गरे सरकारले कडा मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published.