सिकलसेल एनिमियाको उपचारका लागि कार्यक्रम बनाउन सरकार तयार

Sickle-Cell

सरकारले थारु समुदायमा मात्र भेटिएको सिकेलसेल एनिमियाका लागि कार्यक्रम बनाउन तयार रहेको बताएको छ। राष्ट्रपति रामवरण यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सिकेलसेलबारे कुनै कार्यक्रम नसमेटिएपछि थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितलगायतका सभासद्हरुले यसबारे प्रश्न उठाएका थिए।

सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री सुशील कोइरालाले आइतबार सिकलसेलका लागि पनि नीति बनाइने बताए। ‘सिकलसेल एनिमियालगायतका रोगहरुको उपचार र रोग नियन्त्रणको लागि कार्यक्रम तय गरिनेछ,’ प्रधानमन्त्रीले भने।

पूर्ण पाठ पढ्नुस्

Leave a Reply

Your email address will not be published.