भारतीय दूतावासमा थारु सभासद्, गंगा थारु भन्छिन्- राजनीतिक भेटघाट होइन

Ganga Chaudhary_tharuhat_tarei_party_nepal_lawmaker

थारू सभासदको एक टोलीले भारतीय राजदूत रणजित रायसित भेटघाट गरेको छ। फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र चौधरी, कांग्रेसका तेजुलाल चौधरी र थरूहट तराई पार्टीका गंगा चौधरीले राजधानीको लैनचौरस्थित भारतीय दूतावासमै गएर राजदूतलाई भेटेका हुन्।
विधायन समितिका सभापतिसमेत रहेकी गंगा थारुले राजनीतिक विषयमा केही कुरा नभएको बताइन्। उनले हुलाकी राजमार्ग, दाङको राप्ती तटबन्धलगायत विकास निर्माणका विषयमा मात्र छलफल केन्द्रीत भएको दाबी गरिन्। ‘विकास निर्माणबाहेक अरू राजनीतिक कुरा खासै भएन,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published.