‘थारु अगुवाकै कारण थारु समुदाय पछाडि पर्‍यो’

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhiउदयपुर- थारु कल्याणकारणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु अगुवाकै कारण थारु समुदाय पछाडि परेको बताएका छन्। उदयपुरको तपेश्वरी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लेखीले राज्यसत्तामा पुगेका थारु अगुवाहरुका कारण थारु समुदाय पछाडि परेको बताए।

‘पटकपटक थारु अगुवाहरु राज्यसत्तामा पुगेका छन्, मन्त्री भएका छन्, सांसद बनेका छन्, तर नीति निर्माणमा थारु समुदायका मुद्दा उनीहरुले कहिल्यै उठाएनन्,’ कार्यक्रममा उनले भने।

उनले विजय गच्छदार, परशुनारायण चौधरीजस्ता अगुवाहरुले ऐननियम बनाउँदा थारु अकअधिकार मुद्दा उठाएका थारु समुदाय पछाडि नपर्ने बताए। त्यसैले राष्ट्रिय राजनीतिमा, राष्ट्रको मूलधारमा आउन दुईचारको मुख ताकेर नहुने बताए। थारु कल्याणकारिणी सभाले असोज १, २ र ३ गते राष्ट्रिय स्तरको कार्यक्रम चीतवन भइरहेको जानकारी गराउँदै लेखीले सबै गाउँ र जिल्ला कमिटी पदाधिकारीहरु सहभागी भएर राष्ट्रको मूलधारमा आउन आग्रह गरे।

कार्यर्क्रममा सहभागीहरुले थारुमा बढ्दै गएको समाजिक कूप्रथाविरुद्ध पनि आवाज उठाए। मधेसी समुदायजस्तै थारु समुदायमा पनि दहेज प्रथा मौलाइरहेको बताउँदै सहभागीहरुले त्यस्त कूरीतिविरुद्ध सबैले आ-आफ्नै ठाउँबाट आवाज उठाउनुपर्ने धारणा राखेका थिए।

5 thoughts on “‘थारु अगुवाकै कारण थारु समुदाय पछाडि पर्‍यो’

  1. एक थारु अगुवा भएर अर्को थारु अगुवालाई आरोप नलगाई आपसमा बसेर थारु समुदायको हकअधिकार सम्बन्धी राष्ट्रिय नियम बनाउनु नै बुद्धिमानी हो।

  2. एक थारु अगुवा भएर अर्को थारु अगुवालाई आरोप नलगाई आपसमा बसेर थारु समुदायको हकअधिकार सम्बन्धी राष्ट्रिय नियम बनाउनु नै बुद्धिमानी हो।

  3. यत्स्ता भातमारा भ्रष्ट भाइमाराहरुलाइ चुनावमा जिताएर पठाउनु नै गलत !तर जिउन जोगी आएनी कान चिरेकै भन्ने उखान सुन्नु भएको होलानी लेखि जी,अरुलाई दोष दिनु भन्दा अगाडी आफ्नो अनुहार ऐनामा हेरे कसो होला?

  4. उहाँहरुले त गर्नु सक्नु भएन तर तपाई पनि त अगुवाको भुमिका निभाई रहनु भएको छ । के के गर्नु भयो ? नयाँ पुस्ताको भएर पुरानो शैलीको आरोप लगाउनु भएन । पुरानाहरुले गर्न नसकेकोबाट पाठ सिकेर नयाँ गरेर देखाउने समय हो । त्यसकारण दोषारोपन बन्द गरेर अगामी दिनहरुमा कसरी राम्रो गर्न सकिन्छ त्यस तर्फ सोचेमा सबैको हित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *