रसुवामा थारु कल्याणकारिणी सभाको राहत वितरण

Thakasa Rahat 02काठमाडौं- थारु कल्याणकारिणी सभाले रसुवाका भूकम्प पीडितलाई राहत वितरण गरेको छ। सभाका अध्यक्ष धनिराम चौधरी, सभाका सल्लाहकार तथा सभासद् रुक्मिणी चौधरी, महामन्त्री आमिरी चौधरी र थारु युवा सभाका अध्यक्ष कानुलाल चौधरीले रसुवाको विर्दिम गाविसमा राहत वितरण गरेका हुन्। Thakasa Rahat 03

सभाका अध्यक्ष चौधरीका अनुसार १ सय ७७ घरपरिवारलाई ६० बोरा चामल, ७० थान म्याट्रेस र ७० थान कम्बल वितरण गरियो। तराईका भूमिपुत्र थारुले पहाडका जनतालाई राहत बाँड्न आएकोमा त्यहाँका स्थानीय खुसी भएको अध्यक्ष चौधरीले बताए।

Thakasa Rahat 01

प्राकृतिक विपद्ले निम्त्याएको राष्ट्रिय पीडामा आफूहरुले सानो सहयोग गरेको चौधरीले बताए। उनले सबै नेपालीलाई गच्छअनुसार भूकम्प पीडितलाई सहयोग गर्न आह्वानसमेत गरे।

Thakasa Rahat 04

Leave a Reply

Your email address will not be published.