जनजाति युवा फोर्सले कालो सूचीमा राखेपछि लेखीले भने- ‘मैदानमै छु, भिड्न आए हुन्छ’

Rajkumar Lekhi

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले केही जनजातिका सामन्त र अतिवादीहरुले जनजाति आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् । लेखीले केही सामन्तीले आदिवासी जनजाति आन्दोलनलाई कमजोर र बदनाम बनाएको दाबी गरे । ‘केही सामन्ती’हरु विदेशीको पैसाले चलिरहेको उनको आरोप छ । जनजाति आन्दोलनलाई कमजोर बनाउन जनजाति नेताहरुलाई कालासूचीमा राखेको आरोप उनको छ । लेखीले भने, ‘यी अतिवादीहरु जनजातिलाई विभाजित बनाएर आन्दोलनलाई कमजोर बनाउन चाहन्छ ।’ आदिवासी जनजाति यूवा राष्ट्रिय फोर्सले शनिबार सार्वजानिक गरेको ‘पहिचान विरोधीहरुको कालोसूची’मा लेखी पनि छन् ।

‘मैदानमा छु, भिड्न आए हुन्छ’

लेखीले कालासूची प्रकाशित गर्नेहरुले जनजाति आदिवासी आन्दोलनलाई कमजोर बदनाम गरेको दाबी गरे । उनले जनजातिहरुको बीचमै रहेको बताउँदै भिड्न आउन चुनौती समेत दिए । ‘आराजक र अतिवादीहरुको झुन्डले सूची निकाल्दैमा केही हुुँदैन । म मैदानमै छु, भिड्न आएहुन्छ’ उनले शनिबार साँझ नयाँ पेजसँग कुरा गर्दै भने, ‘म देशव्यापी कार्यक्रम अन्र्तगत आज रुपन्देहीमा छु । सूची बनाउने अराजकलाई मेरो चुनौती छ, भिड्न आएहुन्छ ।’

लेखीले आफू आइतबार नै थारु कल्याणकारी सभाको कार्यक्रममा भाग लिन काठमाडौंको अनामनगरमा जाने भन्दै हिम्मत भए कालोमोसो दलेर देखाउन चुनौति दिए । ‘म भोलि नै अनामनगरमा थारुको कार्यक्रममा सहभागी हुँदैछ, प्रचण्ड र पद्मरत्न तुलाधरका मुन्द्रेहरुको हिम्मत छ भने त्यहिँ आए हुन्छ’-लेखीले भने ।

विदेशीको पैसामा सूची

लेखीले कालासूची प्रकाशन गर्नेहरु विदेशीको इशारामा चलेको आरोप लगाए । पहिचानको आन्दोलनलाई कमजोर बनाउन उनीहरु लागिपरेको उनको जिकिर छ । ‘यी अतिवादीहरु पहिचानको आन्दोलनलाई कमजोर बनाउन अरूको इशारामा चलेका छन्’ उनले भने, ‘विदेशीको पैसामा चल्नेहरु हल्ला भन्दा अरू केही गर्दैनन् ।’

एकल जातीय राज्यको पक्षमा छैन

लेखीले आफू एकल जातीय राज्यको पक्षमा नरहेको पनि प्रष्ट पारेका छन् । ‘म पहिचान सहितको राज्यको पक्षमा छु, तर यी विज्ञप्तीवाजी गर्नेहरु एकल जातीय राज्यको नारा लगाएर हिँडेका छन्’ उनले भने, ‘यही कारणले आज जनजाति आन्दोलन कमजोर भएको छ ।’ जनजाति आन्दोलनलाई कमजोर बनाउनलाई उनीहरुले एकल जातीय राज्य मागेको उनको जिकिर छ ।

अल्पसंख्यकलाई हेपियो

लेखीले केही सामन्ती चिन्तन भएका जनजाति नेताले अल्पसंख्यकलाई हेपेको आरोप पनि लगाए । उनले भने, ‘जनजाति महासंघमा अल्पसंख्यकहरुले नेतृत्व गरेपछि उनीहरुको टाउको दुखाई बनेको छ ।’

को हुन् ‘ति’ सामन्त ?

लेखीले नयाँ पेजसँगको कुराकानीमा केही सामन्तहरुले जनजाति आन्दोलनलाई कमजोर बनाएको आरोप पटक पटक लगाए । ‘को हुन् नि ति सामन्ती ?’ भन्ने प्रश्नमा भने, ‘जनजाति आन्दोलनको नाममा लुट मच्चाउनेहरु हुन्’ उनले भने, ‘उनीहरुले यसअघि आदिवासी जनजाति महासंघको नेतृत्व गरिसकेका छन् ।’

कालोसूचीको विज्ञप्ती यस्तो छ। *नया पेजबाट साभार

Black-list

Leave a Reply

Your email address will not be published.