थारू भाषाको कविता प्रतियोगिता अर्नब चौधरी प्रथम

लमही- थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरीको आयोजनामा थारू भाषामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ। सभाका सभापति हिरालाल चौधरीको अध्यक्षता एवम् वनगाउँ श्रोत केन्द्रमा श्रोत व्यक्ति कुन्ननारायण चौधरीको प्रमुख आतथ्यमा सम्पन्न भएको प्रतियोगितामा सनलाइट उच्च मा.वि. लमहीका अर्नब चौधरी प्रथम, उच्च मा.वि. फल्कापुरका सन्देशराज चौधरी द्वितीय र सर्वोदय उच्च मा.वि.का कृष्णा चौधरी तृतीय भए। प्रतियोगितामा देउखुरीक्षेत्रमा विभिन्न विद्यालयको सहभागिता थियो।

कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक कृष्णराज सर्वहारीले कविता शब्द र तुकबन्दीमा मात्रै सीमित राख्नुभन्दा पनि भाव पक्ष प्रमुख भएकोले बिम्ब र प्रतीकसंग खेल्नुपर्ने बताए। उनले कविता लेखनका लागि मौलिकता पनि प्रमुख रहेकोले विषयवस्तु छनोट क्रममा विषयवस्तुको निश्चित धरातलमा उभिएर लेख्नुपर्ने बताए।

कार्यक्रममा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङका अध्यक्ष हरि पोख्रेलले थारू भाषाका साहित्य निकै समृद्ध रहेको कुरा जानकारी गराए। पहिल्लो समयमा देउखुरीक्षेत्रमा थारू भाषी लेखक कविताहरुको सक्रियताले यसको भविष्य उज्ज्वल रहे पनि बताए। कार्यक्रममा साहित्यकार देवराज चौधरी, सुनिता चौधरी, गुरुप्रसाद कुमाल ‘बुलबुल’, हल्लुप्रसाद चौधरी लगायतले कविता वाचन गर्नुका साथै शुभकामना मन्तव्य व्यक्त गरे।

सभाकी सदस्य बिमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव छविलाल कोपिलाले गरेकी थिइन्।

 

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.