‘धोती हमारी शान है, मधेस की पहचान है’ नारासहित राजधानीमा धोती र्‍याली

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुसको तयारी गरिरहेकै बेला शनिबार बिहान काठमाडौंमा धोती र्याीली प्रदर्शन भयो। धोती र्यातली सहिदगेटदेखि सुरु भएर माइतीघर, बबरमहल हुँदै बानेश्वर पुगेको थियो।dhoti rally

नेपालगञ्जका युवा राजेश जलानको नेतृत्वमा निकालिएको धोती र्यारलीमा करिब ३ दर्जन मधेसी मूलका युवाहरु धोती लगाएर सहभागी भएका थिए। धोती लगाएर जुलुसमा सहभागी भएका युवाहरुले ‘धोती हमारी शान है, मधेस की पहिचान है’ भन्ने नारा लगाएका थिए।

धोती लगाउने मधेसी समुदायलाई ‘धोती’ भन्दै अपमान गर्ने गरिएकाले सांस्कृतिक रुपमा सचेतना जगाउन धोती र्या ली निकालिएको पत्रकार राजेश अहिराजले अनलाइनखबरलाई बताए।

‘हामीले मधेसी नेताहरुलाई देखाउनका लागि पनि आजकै दिन धोती र्यातली निकालेका हौं,’ अहिराजले भने, ‘मधेसी नेताहरु पहिचानको कुरा गर्छन्, तर अमेरिकी ड्रेस लगाउँछन् ।’ राजनीतिक रुपमा नभएर विशुद्ध सांस्कृतिक रुपमा मात्रै र्याचली निकालिएको अहिराजले बताए।

धोती र्यायली मधेसी दलको जुलुस भएकै स्थान वरपर धुमेको थियो। राजेशले अनलाइनखबरसँग भने- ‘मधेसी दलको र्या ली खुल्लामञ्चतिर गयो, हाम्रो र्याोली उनीहरुलाई क्रस गर्दै उताबाट नयाँ बानेश्वरतिर आयो।’

तस्बिर : कृष्णराज गौतम/रासस/ समाचार : अनलाइनखबर

Leave a Reply

Your email address will not be published.