आइएमई सञ्चालकमाथि गोली प्रहार, छ लाख लुटियो

दाङ- लुटेराको एक समूहले अपराह्न चलाएको गोलीबाट सल्यान कपुरकोटमा ‘आइएमइ’ सञ्चालन गरिरहेका काठमाडौँ चाबहिल–७का ३२ वर्षीय मनोहर सापकोटा गम्भीर घाइते भएका छन्। लुटेराले उनीसँग भएको रु छ लाख ४७ हजार पनि लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक गणेशविक्रम शाहले जानकारी दिनुभयो। सञ्चालक सापकोटाले तुलसीपुरमा रहेको इन्भेस्टमेन्ट बैंकबाट सो रकम झिकेका थिए। 

राप्ती राजमार्गको तुलसीपुर–सल्यान खण्डको साततले भन्ने स्थानमा रा १ प ३८०२ नं मोटरसाइकलमा सवार सापकोटालाई दुई लुटेरा समूहले गोली प्रहार गरेकामा उनलाई पेटमा लागी घाइते भएका थिए। घटना तुलसीपुरबाट १३ किमिको दूरीको जङ्गल क्षेत्र पर्छ।
सापकोटालाई अहिले राप्ती अञ्चल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको छ। अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.