सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध

tharu_program

कांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि धेरै प्रदेश बन्नुपर्छ, पहाडमा भन्दा थोरै प्रदेश मान्दैनौं,’ थारु कल्याणकारिणी सभाको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने ।

 

उनले कांग्रेस एमालेले जातीय प्रदेश प्रस्ताव गरेको भन्दै ३० दलले त खुलेआम जातीय प्रदेश प्रस्ताव गरेकोमा विरोध गरे । उनले भने, ‘यो सरकार कांग्रेस एमाले भित्रको ब्राम्हण एकता परिषद हो । संविधानसभा पनि ब्राम्हण एकता परिषदको कब्जामा छ ।’

उनले आरोप लगाए, ‘३० दलमा मधेसवादीहरु पनि छौं भन्छन्, तर, ३० दल पहाडी एकता परिषद देखियो । तराईलाई सरासर ठग्ने गरी महेन्द्रवादी पारामा थोरै प्रदेश स्वीकार्नेहरुलाई जनताले भविष्यमा कारबाही गर्नेछन् ।’

कांग्रेस एमाले र ३० दल दुवैप्रति आक्रामक देखिएका लेखीले भने, ‘कांग्रेस एमाले देशमा एकतन्त्र चाहन्छन्, ३० दलले आतंक चाहन्छ । एकतन्त्र चाहने र आतंक चाहनेहरुलाई तराईलाई ठगेका छन् ।’

‘कांग्रेस एमाले संघीयतावादी नै होइनन्, यिनीहरुले संघीयताको नारा जपेर संघीयताको घाटी रेट्ने काम गरिरहेका छन्,’ उनले भने ।

पत्रकार सम्मेलनमा सभाका अध्यक्ष धनीराम चौधरीले भने, ‘थारु कल्याणकारिणी सभाले थारुको हित हेर्ने हो, हामीले धारणा राख्दा कुनै पार्टीलाई चित्त बुझ्दैन भने नबुझोस् । हामी थारुको हितमा बोल्न छाड्दैनौं ।’

उनले दावी गर्दै भने, ‘पञ्चायतकालमा थोरै जिल्ला बनाएर तराईलाई ठगियो, अब तराईमा थोरै प्रदेश बनाएर ठग्ने काम हुन लागेको छ । यस्तो अवस्थामा हामी कसरी चुप लागेर बस्न सक्छौं ?’

सभाले जारी गरेको धारणामा तराईलाई पहाडी क्षेत्रसँग मिसाएर प्रदेश बनाइए अमान्य हुने उल्लेख छ । सभाले ‘तराईलाई ठग्न पाईंदैन, पहाडमा भन्दा थोरै प्रदेश मानिँदैन’ भन्दै माघ १ गतेबाट आन्दोलन गर्ने भएको छ । तर, सभाले आन्दोलनको ठोस कार्यक्रम भने घोषणा गरेको छैन ।

अध्यक्ष धनीरामले भने, ‘हामी माघीलाई आन्दोलनका रुपमा मनाउँछौं, त्यसपछि चरणवद्ध आन्दोलन गर्छाैं ।

4 thoughts on “सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध

  1. मेरो बिचारमा थारु कल्याणकारिणी थारुहरुबिचमा फुट ल्याउने काम गरिरहेको छ । १० प्रदेशको अवधारणा ल्याउँदा मिडियाबाजी गर्ने बिरोध गर्ने काम ठिक होइन । थारु कल्याणकारिणी सभा केन्द्रले तराईमा कहाँदेखि कहाँसम्म ? कति प्रदेश हुने ? नाम के के हुने ? भन्ने टुङ्गो नलगाइकन बहुप्रदेश भनिदिनु अलमलमा पारिदिनु राम्रो होइन ।

  2. थाकस तके लेखी दादा क का का बोलल बाने । हमे कुछो नाही बुझ पाओ तानी । कबहुं बहु प्रदेश कहतानी । कबहु का । हमनी के थारु प्रदेश मांङ तानी कि नाही ? अखन ३० दलके मोर्चा जऊन १० प्रदेश प्रस्ताव बा ओकर मे थरुहट त समाबेश बा त । थाकस के एकर मे कांहे मुड बथावत बा ?
    दिल बहादुरजी ल्याउनु भएको कुरामा सहमत छु । थाकस र लेखी दादाले १० प्रदेशको बिरोध किन गरिरहेका छन । १० प्रदेशको विरोध गर्नु भनेको काङ्रेस र एमालेको बोली बोल्नु हो । पहिचानको विरोध गर्नु हो । तराइमा बहु प्रदेश नारा ल्याउनु ठीक होला । तर कति प्रदेश ? कहाँ देखी कहाँ सम्म कुन प्रदेश ? खोइ अवधारणा ? पागल जस्तो बहु प्रदेश भनेर कराउनु हामी थारुको हितमा कुनै फाईदा छैन । अहिले आएर मधेशीले त थरुहट नामाकरण राख्न सकिने भएर आइरहेका छन । थाकसले त अझ जोडका साथ थरुहटको मुद्दा उठान गर्नु पर्ने ठाउँमा थरुहटलाई ओझेलमा पारीरहेको छ । हुन त पहाडी , मधेशी ,थारु जो भए पनि हामी सबै नेपाली नै हौ र दाजु भाई हौ । हामी थारुहरु मधेशी र पहाडी फटाहा , जाली ,सामन्तहरुबाट उट्पीडित भएकै हो । थारु र मधेशी वर्षौ देखी तराइ -मधेशमा संगै बस्दै आएका समुदाय हुन । अहिले आएर तराइ -मधेशको पहिचानको सवालमा हामी ध्रुवीकरन भएका छौ । वास्तवमा थारु र मधेशी दुबै पहाडी समुदायबाट पीडित हुन । थारुको पहिचान माथि मधेशीहरु भन्दा पहाडीयाबाट बढी हस्तक्षेप भएको हो । तराइलाई मधेश भन्दा हामी थारुहरु मधेशीहरु खन्नी हाल्छौ । विरोध गरिहाल्छौ । तर पहाडीयाले झापा ,मोरङ , कैलाली , कंचनपुरलाई पहाडमा मिसाउन खोज्दा किन विरोध गर्दैनौ ?
    जे भए पनि हामी तराइ -मधेशका आदिवासी थारुहरु हौ । हामी संगै मधेशिहरु पनि यहाँ बसोवास गरेका हुन । यो तराइको ईतिहास थारु र मधेशिहरुको हो । हामीले यो भुमिको रक्षा गर्न एक जुट हुनु जरुरी छ । यस कारण अब थारु र् मधेशी मधेश प्रदेश र थरुहट भनेर एक अर्का विरुद्ध उत्रनु फाईदा छैन । फाईदा हुन्छ त पहाडीयालाई । अब दुबै समुदायको जित हुने किसिमको नामकरण गरी एक तराइ -मधेश एक प्रदेश को खातिर संघर्ष गर्दा उचित हुने मान्दछु मैले । नामकरण बरु तराइ -मधेश थरुहट प्रदेश राख्ने हो कि । मेरो प्रस्ताव् !

  3. अहिलेसम्म म भ्रममै छु!कतिवटा हौ लेखीजी?येति,उति किटान गरिदिनुस्ना भन्या?अहिलेसम्म पार्टीहरुको कुरा मिलेको छैन!७ कि १० या १४ प्रदेश!न त पहाडमा,न त् तराईमा कन्फर्म भएकोछ कि एतिवटै हुन्छ भनेर …
    अनि कसरी पहाडमा जति हुन्छ तेतिनै भंदैहुनुदैछ?कसै कसैले त् ३ वटा तराई,पहाड र हिमाल मात्रै पनि भनेकोछ | कसैले ५ विकास क्षेत्र नै प्रदेश मान्ने भनेकोछ , तराई/ पहाड को कुरै गरेको छैन , अनि कसरी पहाडको जतिकै तराइमा प्रदेस संख्याँ माग्दैहुनुहुदैछ ? संख्यां र सिमाना किटान गरेर भनि दिनुपर्यो लेखीसाब ! अनि चित्त बुझे , तपाइको साथ देउला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *