थाविस महाधिवेशन असफल हुनुमा दोषी को?

Bimal Chaudharyबिमल चौधरी- थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन हालै चितवनको बछौलीमा सम्पन्न भयो। भलै महाधिवेशन पूर्णरुपमा असफल रह्यो। पुस १० गते भब्यरुपमा उद्घाटन सत्र सम्पन्न भयो। भोलिपल्ट सौरहाको सेभेन स्टार होटेलमा बन्द सत्र सञ्चालन भयो। बन्द सत्रमा महासचिवको प्रगति प्रतिवेदन, अध्यक्षको सांगठनिक, आर्थिक प्रतिवेदन पास भयो। उपाध्यक्षको विधान संसोधन पछि सच्याउनेगरी पास भयो।

केहीबेरमा निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा सुनसरी, मोरङ, सिराहा, सप्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलालटी, कञ्चनपुर र काठमाडौं उपत्यका लगायत जिल्लाका प्रतिनिधि/पर्यवेक्षक साथीहरु सहभागी भएका थिए। अन्य १४ जिल्ला र काठमाडौं उपत्यकाबाट ३ सय ७० जना प्रतिनिधि सहभागी थिए। तर चितवन जिल्लाको हकमा २ सय ७३ जना प्रतिनिधिको नाम आएपछि दाबी विरोध भयो। कसरी तेत्रो प्रतिनिधि आयो?

यसरी हेर्दा ८५ वटा क्याम्पसको चितवनमा थाविस इकाइ समिति गठन भएको छ। एउटा क्याम्पसबाट ३ जना प्रतिनिधि गरेर ८५ वटा क्याम्पसको जम्मा प्रतिनिधि २ सय ५५ र मूल आयोजक कमिटीबाट समेत गरेर २ सय ७३ जना सहभागी भयो।

चितवनको थाविसले जम्मा ३३ वटा क्याम्पसमा मात्र समिति गठन गरेको थियो। तर घरमै बसेर सुती सुती ५२ वटा क्याम्पस कमिटी कसरी गठन भयो? अब तपाईँहरु नै भन्नुस् यतिका फर्जी प्रतिनिधि कहाँबाट कसरी आए? अन्य जिल्लाका प्रतिनिधि साथीहरुले दाबी विरोध गर्‍यो। गठन गरेको चितवनको थाविस इकाइ क्याम्पस कमिटीको विद्यार्थीहरुको नाम छैन अनि गठन नगरेका धेरै विद्यार्थीहरुको प्रतिनिधि नाम छ। अब सोच्नुस् कि चितवनका विद्यार्थी नेता/अगुवाहरुले के गर्न खोजेका हुन्? अन्य जिल्लाबाट आएका थारु विद्यार्थी साथीहरुलाई छारो हान्न खोजेको हो? कि बिराटनगरको वृतान्त दोहोर्‍याएको?

उम्मेदवारी घोषणा गरेको अवस्थामा दुई जना अध्यक्षको प्रत्यासी देखियो महाधिवेशनमा। चितवनकै थाविसका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद चौधरी र सप्तरीका थाविसका महासचिव चन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका थिए। सबैको चाहनाअनुसार सर्वसम्मत गरेर जाऔं भन्ने थियो। तर सर्वसहमति नमिलेपछि बाध्य भएर निर्वाचन प्रक्रियामा जाने भनेपछि चितवनका पूर्व विद्यार्थी अगुवा नेताहरुले निर्वाचन प्रक्रियामा गए थाविसबाट आजैदेखि सन्यास लिएर घर हिँड्ने धम्की आयो। अब भन्नुस् कि यो कार्यक्रम कसको कारणले बिथोलिएकोहो?

त्यतिमात्र होइन, चितवनका अधिकांश विद्यार्थी प्रतिनिधि साथफहरुको सदस्यता रसिद काटेको थिएन। सदस्यता ६ घन्टा लगाएर चितवनका साथीहरु लगाएर खोज्दा पनि भेटिएन। अब भन्नुस् यसमा दोष कसको छ? बाहिरबाट नाराजुलुस गरिरहेको अवस्था थियो।

जिल्लाका प्रतिनिधिहरुलाई हतार भइसकेको अवस्थामा उनीहरु फर्किने अवस्था आइसकेको थियो। तर चितवनका अग्रज युवा विद्यार्थी नेताहरुले एकपल्ट पनि रोक्नुभएन। ब तपाईँहरुले आफैं अनुमान लगाउनुस् कि यो कसको कारणले थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन असफल भयो।

लेखक उपत्यका समितिका सचिव हुन्। 

Leave a Reply

Your email address will not be published.